• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

आज भाइटीका, मिथिलाञ्चलमा भरदुतिया,बजरी खुवाइ मनाइदैं

आज भाइटीका, मिथिलाञ्चलमा भरदुतिया,बजरी खुवाइ मनाइदैं
आरती मंडल
कार्तिक २३ गत्ते,जनकपुरधाम ।
 
यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।
 
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
 
साथै आजको दिन मिथिलाञ्चलमा भरदुतिया  (भातृद्वितीया) मनाइने चलन रहेको छ ।
दिपावलीको दूई दिन पछि, कार्तिक मासको शुक्ल पक्षको द्वितीया तिथिमा भरदुतिया मनाइने गरिन्छ । यस पर्वमा दीदिबहिनीले दाजुभाईलाई निमंत्रणा दिइ आफ्नो घर बोलाउने गर्दछन । 
 
आंगनमा चामलको पिठो (पिठार) र सिंदूर लगाई बनाइएको अरिपनमा पिढी राखी दाजुभाईलाई त्यसमा बसाएर निधारमा पिठार तथा सिंदूरको टिका लगाई हाथमा पान,सुपारी राखी गंगा नोतय छैथ यमुना के, हम नोतय छी भाई केँ! जहिना जहिना गंगा(यमुना केँ धार बहय, तहिना हमर भाय सबहक औरदा बढ़य” दीदीबहिनीले उक्त मन्त्र उच्चारण  गर्ने गर्दछन ।
 
मन्त्रोच्चारण पश्चात दाजुभाईलाई मिष्ठान खुवाउने तथा भिजाइएको केराउ (बजरी) खुवाउने चलन रहेको छ । बजरी खुवाउँदा भाईको शरिर बज्र झै होस कामना गरी मनाइने यस पर्वमा दाजुभाईले क्षमता अनुसार उपहार दिने मान्यता रहेको छ ।
 


यसमा तपाईको मत