• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

सांसदको ४ करोड टुक्रे योजनामा खर्चिदै

सांसदको ४ करोड टुक्रे योजनामा खर्चिदै
मंसिर ३ गत्ते,जनकपुरधाम ।
 
धनुषाको चार निर्वाचन क्षेत्र मध्ये २ वटा क्षेत्रका सांसदले मात्र स्थानीय पुर्वाधार विकास साझेदारी कार्याक्रमको योजना जिल्ला समन्वय समिति धनुषामा बुझाएका छन् ।
 
निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य मातृका यादव र निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरियाले योजना बुझाएका छन् । 
 
निर्वाचन क्षेत्र नं. ३ का सांसद राजेन्द्र महतो र क्षेत्र नं. ४ का सांसद रघुबिर महासेठले बुझाएको छैन ।
 
 
क्षेत्र नं. १ का सांसद मातृका यादवले सुरक्षित खानेपानी तथा सिचाइकालागि ६७ लाख, सामुदायिक भवनकालागि १ करोड ४५ लाख, शिक्षामा १ करोड ५० लाख, शहिद स्मारकमा १ करोड ४० लाख र घाट निर्माणमा १५ लाख जबेट सहितको ५ योजना बुझाएको जिल्ला समन्वय समिति धनुषाका जिल्ला समन्वय अधिकारी इन्दिरेश दहालले बताए ।
 
क्षेत्र नं. २ का सांसद उमाशंकर अरगरीयाले सहिद नगरपालिकामा ७ योजना, विदेह नगरपालिकामा २ योजना, जनकनन्दनी गाउपालिकामा २ योजना, कमला नगरपालिकामा ४ योजना र हंसपुर नगरपालिकामा २ योजना गरी २० वटा योजना बुझाएका छन् ।
 
शहिद नगरपालिका–३ मा रामजानकी मन्दिर तथा विवाह मण्डप र कम्पाउण्ड वाल निर्माण कार्य, शहिद नगरपालिका–६ मा युवा क्लबको भवन निर्माण, सहिद नगरपालिका–१ मा स्मृतिबाटिका र सामुदायिक भवन निर्माण, सहिद नगरपालिका–२ मा रामसागर स्मारक निर्माण, सहिद नगरपालिका–५ मा रामबहादुर साहको स्मार्क निर्माण, शहिद नगरपालिका–८ मा ऊ शक्ति सामुदायिक अध्ययन केन्द्र र बाटो बचाउन पोखरीमा पर्खाल निर्माण योजना जिल्ला समन्वय कार्यालयमा बुझाएको छ ।
 
विदेह नगरपालिका वडा नं. ६ र ७ मा पर्ने तिनकौरीया चोकमा हुलाकी सडक र बिरेन्द्र बजार महिनाथपुर सडकमा सहिद गेट निर्माण, विदेह नगरपालिका–५ गोबराहि टोलमा कालि मन्दिर निर्माण रंगरोगन प्रतिमा स्थापन र घाट निर्माण गर्ने योजना बुझाएको छ । 
 
जनक नन्दनी गाउपालिका–४ खजुरी टोलमा सामुदायिक भवन निर्माण र जनक नन्दनी गाउपालिका– ३ मा सामुदायिक भवन र डिहबार स्थानकालागि योजना बनाएका छन् । 
 
कमला नगरपालिका– ९ दुबरकोट अधिकारी टोलमा दुर्गा मन्दिर निर्माण, वडा नं. १ मा मंगराहा टोलमा सामुदायिक भवन निर्माण, वडा नं. ४ मा धर्मशाला निर्माण र वडा नं. ७ सिंयाही टोलमा शिव मन्दिर निर्माण गर्ने योजना बुझाएको छ ।
 
 हंशपुर नगरपालिका–४ सुगामधुकरी स्थित मुसहर टोलमा सामुदायिक भवन निर्माण र हंसपुर नगरपालिका– ६ टिल्ही टोलमा तपसि बाबा मन्दिर नजिक समसान घाटमा वाल, गेट र प्रतिक्षलय बनाउन  बजेट छुटयाउन योजना बनाएको छ ।
 
नेपाली काग्रेसबाट समानुपातीक सांसद स्मृती नरायण चौधरी र नेकपाकी समानुपातिका सांसद जुली महासेठले धनुषाको निर्वाचन क्षेत्र ३ मा बजेट खर्चिने निवेदन समन्वय समितिमा बुझाएको छ । 
 
नेपाली काग्रेसबाट राष्ट्रियसभा सदस्य चुनिएकी मोक्ता कुमारी यादवले धनुक्षाको निर्वाचन क्षेत्र नं. २ मा बजेट खर्चिने निवेदन दिएको समन्वय समितिले जनाएको छ । 
 
मधेसका जिल्लालाई अन्नभण्डार भनिएपनि सिंचाइ“को अभाव झेल्दै आएका सिरहाका किसानलाई राहत दिन यसपटक प्रतिनिधि सभा सदस्यले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका योजनामा सिंचाइ“लाई प्राथमिकतामा राखेका छन् ।
जिल्ला समन्वय समितिको कार्यालयम शुक्रबार राति १० सम्म पनि जिल्लाका निर्वाचित प्रतिनिधि सभा सदस्यहरु संसदीय क्षेत्रको विकास योजना छनौटमा तल्लिन थिए । 
 
सिरहा क्षेत्र नम्बर ३ ले पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४ करोड बजेट मध्ये ३ करोड ५० लाख रकम कृषि सिंचाइ“ योजनामा विनियोजन गरिएको छ ।
 
५० लाख रुपैया“ बजेट मात्र धर्मशाला निर्माणमा विनियोजन गरिएको छ । क्षेत्र नम्बर ३ मा एमाले लिलानाथ श्रेष्ठ निर्वाचित सांसद हुन । 
 
उनले चुनाव ताका जिल्लाको समृद्धिको लागि उत्तरी क्ष्ँेत्रमा फलपूmल, तरकारी र दक्षिणी क्षेत्रमा माछा पालन व्यवसाय फस्टाउन सक्ने भन्दै सिंचाइ“ प्रबन्ध गर्ने आश्वासन दिएका थिए ।
 
त्यही आधारमा पहिलो वर्षको बजेट सिंचाइ“मा जोड गरिएको हुनसक्ने नागरिक समाजका अगुवा राजकुमार राउत कुर्मीले बताए ।
 
त्यसैगरी ४ संसदीय क्ष्ँेत्र रहेको सिरहामा क्ष्ँेत्र नम्बर १ का सांसद प्रदिप गिरीले पनि डिप ट्युबेल र बोरिंग जडानमा ५० लाख र खानेपानीका लागि १५ लाख रुपैया“ विनियोजन गरेका छन् ।
 
क्षेत्र नम्बर २ मा खानेपानी, सिंचाइ तथा टयुवेल जडानमा १ करोड र कृषि विद्युतीकरणमा १ करोड ४५ लाख रुपैया“को योजना छनौट गरिएको छ ।
 
क्ष्ँेत्र नम्बर ४ ले कृषि प्रयोजन डिप बोरिंगका लागि ७० लाखको योजना छनौट गरेका छन् । सिंचाई र खानेपानी बाहेक अन्य मठ मन्दिर निर्माण, माटो ग्राभेल, पुस्तकालय निर्माण, सडक, शिक्षा, घाट निर्माण लगायत फुटकर योजना प्रतिनिधि सभा सांसदको छनौटमा परेका छन् । 
 
यी पूmटकर योजना मतदाता मात्र होइन कार्यकर्ता रिझाउन ल्याउने चलन अझै नहटेको नागरिक समाजका अगुवा कुर्मीको भनाई छ ।
 


यसमा तपाईको मत