• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

शंकर माविले उचाले नकआउट फुटबलको उपाधि

शंकर माविले उचाले नकआउट फुटबलको उपाधि
विजय झा
जनकपुरधाम, मंसिर ६ गते । 
 
धनुषाको सहिद नगरपालिकामा सम्पन नकआउट फुटबलको उपाधि शंकर माध्यमिक विद्यालय चक्करले उचालेको छ ।
 
 
कृष्ण युवा फुटबल क्लव सहिद नगरपालिका–५ को आयोजनामा सम्पन्न नकआउट फुटबलको फाइनलमा औरसाहा फुटबल टिमलाई १ का बिरुद्ध ४ गोल गरी शंकर माध्यमिक विद्यालय चक्करले उपाधि उचालेको हो । 
 
 
उपाधि विजेता शंकर माविलाई प्रमुख अतिथि जिल्ला फुटबल संघ धनुषाका अध्यक्ष शुरेश शर्माले नगद ५ हजार र शिल्डा, प्रमाण पत्र तथा मेडल प्रदान गरे । 
 
 
उप विजेता औरसाहा फुटबल टिमलाई नगद २ हजार ५ सय र शिल्ड, प्रमाण पत्र तथा मेटल मुख्य अतिथि शर्माले प्रदान गरेका थिए । 
 


यसमा तपाईको मत