• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

कुस्ति सिकाउँदै नगरपालिका

कुस्ति सिकाउँदै नगरपालिका
 
 
जनकपुरधाम,मंसिर ९ गत्ते । 
 
चलनचल्तीको लोकप्रिय क्रिकेट, फुटबललगायत अन्य खेल संरक्षण र प्रबद्र्धनको लागि थुप्रैले लगानी गरिरहेको पाइन्छ । स्थानीय तहदेखि संघीय सरकारकोसमेत यसप्रति चासो देखिन्छ । तर हराउँदो पौराणविक प्राचीनकालीन कुस्ति खेललाई जोगाउन कसैले चासो नदिँदा यहाँको एक नगरपालिकाले कुस्ति संरक्षणको लागि बजेट नै छुट्याएर कुस्ति सिकाउन थालेको छ । ४ जना अन्तर्राष्ट्रिय र राष्ट्रिय कुस्ति खेलाडीलाई प्रशिक्षक राखी कुस्ति अभ्यासशालानै बनाएर कुस्ति खेलाउन सुरु गरिएको हो ।
 
  जिल्लाको महागढीमाई नगरपालिकाले आफ्नै कार्यपालिकाको कार्यालय हाताभित्र अँखाडा (माटोको मैदान) बनाएर कुस्ति प्रशिक्षण दिन थालेका हुन् ।
 
प्रशिक्षक कुस्ति खेलाडीको खाना र आवाससहितको व्यवस्था गरेर विगत तीन महिनादेखि स्थानीय इच्छुक युवाहरुलाई कुस्ति सिकाउँदै आएको छ । कुस्ती सिक्नेहरुको लागि नगरपालिकाले प्रत्येक दिन दुध, अण्डा, फलपूmल दिदैं आएको छ ।
 
 
  नगरपालिकाभित्र प्रवेश गर्ने वित्तिकै कुस्तिका जोडीहरु भिडिरहेको देखिन्छ । उनीहरु साँच्चिकै हारजितका लागि कुस्ति प्रतियोगिता खेल्दैनन्, सेवाग्रही र आगन्तुकको लागि कहिलेकाही मनोरंजन दिलाउन लंगौटी कसेर एकापसमासमेत भिड्छन् ।
 
      ‘प्राचीनकालीन पौराणविक कुस्ति खेल लोप हुने अवस्थामा छ । न राज्यले संरक्षण गर्न सकेको छ, नत खेलाडीको मनोबल उच्च राख्न कुनै क्रियाकलाप गरेको देखिन्छ, त्यसैले आफुले नगरबाट चालु बर्षमा ६ लाख बजेट छुट्याएर कुस्ति सिकाउन थालेका छौं,’ नगर प्रमुख उपेन्द्रप्रसाद यादवले भने, ‘यसबाट कुस्तिको संरक्षण पनि हुन्छ । र खेलाडीको आत्मबल बढ्नुसँगै सम्मान समेछ हुन्छ ।’
 
आवश्यक्ताअनुसार बजेट थपेर खेल मैत्री वातावरणको विकास गर्ने उनले बताए । कुस्ति लोप न होस् र यसप्रति युवाको आकर्षण रहिरहोस् भन्ने उदेश्यसहित प्रशिक्षकको खाना र आवासहित नगरको आफ्नै प्राङ्गणभित्र कुस्ति सिकाइने गरिएको उनले बताए ।
 
 

 



यसमा तपाईको मत