• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

टी–१० क्रिकेटःचौथो खेलमा लय लिन सकेनन् सन्दीप ,टिम केरला नाइटस् पञ्जाब लिजेन्डससँग ३६ रनले पराजित

टी–१० क्रिकेटःचौथो खेलमा लय लिन सकेनन् सन्दीप ,टिम केरला नाइटस् पञ्जाब लिजेन्डससँग ३६ रनले पराजित
 
मंसिर ११ गत्ते ।
यूएईमा जारी टी–१० क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएका सन्दीप लामिछानेले चौथो खेलमा लय लिन सकेनन् ।
 
उनले २ ओभरमा २८ रन खर्चिँदासमेत विकेट हात पार्न असफल भएका हुन् । सुरुका तीन खेलबाट ६ विकेट लिएका सन्दीप चौथो खेलमा नचलेपछि उनको टिम केरला नाइटस् पञ्जाब लिजेन्डससँग ३६ रनले पराजित हुन पुग्यो ।
 
केरलाले रन पछ्याउने क्रममा सन्दीपले ब्याटिङ पनि गरेका थिए । उनी १ रनमा नट आउट रहे । केरलाका क्रिस गेलले ३५ रन जोड्दा अन्य खेलाडीले सम्झन लायक प्रदर्शन नै गरेनन् ।
 


यसमा तपाईको मत