• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण, नयाँ रहस्य पत्ता लाग्ने विश्वास

मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण, नयाँ रहस्य पत्ता लाग्ने विश्वास
 
 
मंसिर ११ गत्ते, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । ‘इन्साइट ल्याण्डर’ नाम दिइएको अन्तरिक्ष यान नेपाली समयअनुसार मंगलबार बिहान करिब पौने २ बजेतिर मंगल ग्रहमा अवतरण गरेको हो ।
 
मंगल ग्रहको जमिन र आन्तरिक भागको अध्ययन गर्ने लक्ष्यसहित नासाले ‘इन्साइट ल्याण्डर’ नामक अन्तरिक्ष यान पठाएको हो ।
 
यो यान अवतरण गर्ने अन्तिम सात मिनेट एकदमै तनावपूर्ण थियो । जब उक्त यान मंगलग्रहको भूमध्य रेखा नजिकको समथर मैदानमा सुरक्षित अवतरण र्गयो तब नासाको मिशन कन्ट्रोलमा खुसीको लहर छाएको थियो । बैज्ञानिकहरु खुसीले उफ्रिएका थिए ।
 
मंगल ग्रहमा अवतरण गर्नुभन्दा सात मिनेट अगाडिको समय निकै महत्वपूर्ण थियो किनभने यानको गति २० हजार किलोमिटर प्रतिघण्टाले कम गर्नुपर्ने थियो ।
 
अब वैज्ञानिकहरु यो अन्तरिक्ष यान पूर्णरुपमा ठीक रहेको जानकारीको प्रतिक्षामा छन् । साथै यानले पठाउने त्यहाँ वरपरका तस्वीर र सन्देशको पनि प्रतिक्षा गरिरहेका छन् । इन्साइट ल्याण्डरले यी सबै जानकारी अबका केही घण्टाभित्रै पृथ्वीमा पठाउने सम्भावना रहेको वैज्ञानिकहरु बताउँछन् ।
 


यसमा तपाईको मत