• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

सिरियामा सरकारी सेना र विद्रोहीबीच झडप, कम्तीमा २ सयको मृत्यु

सिरियामा सरकारी सेना र विद्रोहीबीच झडप, कम्तीमा २ सयको मृत्यु
 
 
 
मंसिर ११ गत्ते, काठमाडौं । सिरियाली विद्रोहीको प्रभाव क्षेत्र मानिने इराकी सीमा नजिकै विगत तीनदिन यता भएका विद्रोही र सरकारी सेनाबीचको झडपमा कम्तीमा २ सय जनाको मृत्यु भएको छ ।
 
अमेरिकाको समर्थन प्राप्त सुरक्षाबलका ९२ जना सुरक्षाकर्मीहरु सिरियाको पूर्वी क्षेत्रमा तीन दिनमा मारिएका छन् ।इस्लामिक स्टेट (आइएस) लडाकूहरुले गरेको आक्रमणमा परी उनीहरु मारिएको अनुगमनकर्ताहरुले सोमबार जानकारी दिएका छन् ।
 
भीडन्तका कारण अन्य ५१ जना आम नागरिक पनि मारिएको समाचारमा जनाइएको छ ।
 
यो घटना पछिल्लो समयमा भएका घटनामध्ये सबैभन्दा धेरै सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) का सुरक्षाकर्मीहरु मारिएको घटना हो ।
 
आइएस लडाकुहरुद्वारा एसडीएफका सुरक्षाकर्मीहरु धेरै मारिएको सन् २०१५ पछिकै यो सबैभन्दा ठूलो घटना भएको सिरियाली मानव अधिकारवादी समूहका प्रमुख रामी अब्देल रहमानले बताएका छन् ।
 
रहमानका अनुसार, घटनाहरूमा परी ६१ जना जिहादि विद्रोही पनि मारिएका छन् ।
 


यसमा तपाईको मत