• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

राज्य मन्त्री मण्डलद्वारा जन्मदिनमा बृक्षारोपण

राज्य मन्त्री मण्डलद्वारा जन्मदिनमा बृक्षारोपण
मिथिलाञ्चल समाचारदाता
मंसिर ११ गत्ते,जनकपुरधाम ।
 
प्रदेश न २ का उद्योग, पर्यटन, वन तथा वातावरण  राज्य मन्त्री माननिय सुरेशकुमार मण्डलले आज जन्मदिनको अवसरमा बृक्षारोपण  गरेका छन । 
 
 जनकपुर स्थित ऐतिहासिक धार्मिक पर्यटकीय स्थल संकट मोचन मन्दिर र मणीमण्डपमा बिशेष पुजा अर्चना गरी दुबै स्थानमा रुद्राक्षको बिरूवा रोपेर जन्मदिन मनाएका छन । 
 
जन्मदिनकै अबसरमा संकटमोचन मन्दिरको प्रागंनमा पलाष्टिक झोलालाई निरूत्साहन गर्नुपर्छ र कपडाको झोला प्रयोगमा  ल्याउनुपर्छ भनी सन्देश प्रवाह गरेका छन।
 
 सो कार्यक्रममा राज्यमन्त्री मण्डलले कपडा झोललााई प्रोत्साहन गर्न कपडा झोला बितरण तथा प्रदर्शन गर्नुभयो । उक्त कार्यक्रममा सामाजिक अभियन्ता एंब प्रदेस सभा सदस्य माननीय राम अशिष यादबको समेत उपस्थिति रहेको थियो ।
 
 राज्यमन्त्री मण्डल र सांसद यादवले संयुक्त रुपमा जनकपुर स्वच्छता अभियानको सुचनामुलक होर्डिगं बोर्ड समेत गाडेका थिए । 
 
त्यसैगरी कार्यक्रममा सामाजिक तथा सरसफाई अभियन्ता सुरेश शर्मा, अमरचन्द्र अनिल,  लगायत युवा अभियानीहरुको उल्लेख्य सहभागिता रहेको थियो।
 


यसमा तपाईको मत