• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

यूक्रेन द्वन्द्वलाई लिएर रूसमाथि थप प्रतिबन्ध लगाइने स् इयू

यूक्रेन द्वन्द्वलाई लिएर रूसमाथि थप प्रतिबन्ध लगाइने स् इयू
 
मंसिर १२ गत्ते , बर्लिन।
पछिल्ला केही दिन यता यूक्रेनमा भएका गतिविधिलाई लिएर यूरोपेली संघ (इयू) ले आगामी महिना रूसमाथि थप प्रतिबन्ध लगाउन सक्ने चक्रीय प्रणाली अन्तर्गत इयूको अध्यक्षता गरेका करिन नेइसलले सञ्चारकर्मीसँग बताए।
’सम्भवत यो रूसमाथि थप प्रतिबन्ध लगाउनुपर्ने एउटा बिषय हो तर यसबारे आगामी दिनमा हुने घटना र परिवेश अनुसार निर्णय लिइनेछ,’ उनले बताए।
अष्ट्रियाका विदेशमन्त्रीसमेत रहेका नेइसले आफ्ना जर्मनेली समकक्षी हेइको माससँगको कुराकानीपछि सञ्चारकर्मीसँग भने, ’सबैकुरा दुबैतर्फबाट आगामी दिनमा हुने गतिविधिहरूमा निर्भर रहनेछ। ’तर प्रतिबन्धबारे पुनः मूल्याङ्कन हुनु पर्ने देखिएको छ।’
रूस र यूक्रेनबीच पछिल्ला केही दिन यता नौसैनिक जहाजका विषयलाई लिएर द्वन्द्व चर्किएको छ। एएफपी
 


यसमा तपाईको मत