• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

शक्ति , सत्ता र सम्पतिमा महिलाको पहुँच नभए सम्म महिला हिंसा अन्त नहुने : उपप्रम यादव

शक्ति , सत्ता र सम्पतिमा महिलाको पहुँच नभए सम्म महिला हिंसा अन्त नहुने : उपप्रम यादव


जनकपुरधाम, मंसिर १३ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शक्ति, सत्ता र सम्पतिमा महिलाको पहुँच नभए सम्म महिला माथि हुँदै आएको हिंसा अन्त्य नहुने बताउनु भएको छ । 


महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय द्वारा जनकपुरमा आयोजित १६ दिने लैङ्गिक हिंसा विरुद्धको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै उहाँले समाजिक समानताको अवधारण लागु गरिए मात्र लैङ्गिक हिंसा अन्त हुने बताउनु भयो । 


उहाँले हाम्रो कु परम्परा र गलत रितिरिवाजहरुले नै महिला हिंसालाई बढावा दिएको उल्लेख गर्नु हुँदै यसका लागि समाजलाई अगाडी बढ्न आग्रह गर्नु भयो  । 


कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले पितृ सतात्मक सोचको कारण लैङ्गिक हिंसामा वृद्धि भई रहेको उल्लेख गर्नु भयो । उहाँले अहिले महिला मात्र नभई पुरुष, तेस्रोलिङ्गीहरु समेत हिंसामा परि रहेको उल्लेख गर्नु भयो । 


मुख्यमन्त्री राउतले लैङ्गिक हिंसाको प्रारम्भ घरबाटै शुरु हुने गरेको तथ्याक प्रस्तुत गर्नु हुँदै अभिभावकलाई यसमा जिम्मेवार भूमिका निर्वाह गर्नु पर्ने उल्लेख गर्नु भयो । 


महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, कृषि राज्यमन्त्री योगेन्द्र राय यादव, प्रतिनिधी सभा सदस्य जुली महासेठ सहितको उपस्थिति रहेको थियो ।

 

दुई दिन सम्म चल्ने कार्यक्रममा प्रदेश भरिकै प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख उपप्रमुख सहितको सहभागिता रहेको छ ।



यसमा तपाईको मत