• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

लहानमा विद्युत् चोरी गर्ने २६ जना पक्राउ

लहानमा विद्युत् चोरी गर्ने २६ जना पक्राउ
मंसिर १५ गत्ते,लहान ।
 
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत् चोरी गर्ने २६ जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ ।
 
वितरण केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
 
विद्युत् चोरी गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा टोलीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको केन्द्रका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए ।
 
पक्राउ गरिएका सबैमाथि विद्युत् चुहाबट ऐन अन्तर्गत कारवाही गरी जरिवानाबापत दुई लाख २६ हजार राजश्व सङ्कलन भएको प्रमुख यादवले बताए । 
 
उनका अनुसार सो क्रममा चार थान विद्युत् मिटर, दुई थान पङ्खा, एक थान टेलिभिजन र एक थान रन्दा मेसिन(काठको काम गर्ने) लगायतका समान समेत बरामद गरिएको छ ।
 


यसमा तपाईको मत