• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

सिरहामे महिलाले बनाए आपतकालीन बचत कोष २५ भन्दा बढी महिला सदस्यले यो कोषसँ लाभान्वित

सिरहामे महिलाले बनाए आपतकालीन बचत कोष २५ भन्दा बढी महिला सदस्यले यो कोषसँ लाभान्वित
मंसिर १५ गत्ते,सिरहा ।
 
गाउँमा अपर्झट बिरामी, गर्जो पर्दा टार्ने समस्या परेपछि तीन वर्ष अघिदेखि सिरहाको भोटिया टोल र पिडरवोनीका हरुवाचरुवा परिवारका महिलाले खोलेको ‘महिला आपतकालीन बचत कोष’ जिल्लामै उदाहरणीय बनेको छ ।
 
जिल्लामै उदाहरणीय हरुवाचरुवा महिला बचत समूहका सदस्यहरू । उनीहरूको क्षमता विकासका लागि दलित विकास मञ्च सिरहाले र द फ्रिडम फन्डले जनवकालत तालिम दिएका थिए । 
 
अरूको घरमा हरवाही र जनवनमा खटेर गुजारा चलाउँदै आएका यहाँका हरुवाचरुवा महिलाहरूले गाउँका सुत्केरी महिलालाई उपचारका लागि अस्पताल र्पुयाउनका लागि छिमेकीसँग महँगो ब्याजदरमा ऋण माग्दा पनि नपाएपछि तीन वष अघि ‘आपतकालीन’ कोष खडा गरेका हुन ।
 
भोटिया टोल र पिडरवोनीका ६७ घरपरिवारका ६७ महिला सदस्यहरूले मासिक सय रूपैयाँ बचत गरी निर्माण गरेको कोषबाट अहिलेसम्म अपर्झट पर्दा र चाहिएको बेला समूहका २५ भन्दा बढी महिला सदस्यले यो कोषको रकम सदुपयोग गरिसकेका छन ।
 
आपतकालीन कोषको जुक्ति भने गाउँकै महिलाहरूले र्फुयाएका हुन् । लक्ष्मीनिया, कृष्णा र रामजानकी नामक गरी तीन वटा बचत समूह गठन गरी मासिक सय बचत संलग्न गरेर उनीहरूले आपतकालीन कोष खडा गरेका हुन । 
 
अधिकांश हरुवाचरुवा, जनवनमा खटी गुजारा चलाउने र न्यून आयस्रोत भएका र खेतीमा निर्भर परिवार सो कोषकासदस्य छन ।
 
समूहका सबै महिलाले मासिक बचतबाट तीन वटै समूहको कोषमा अहिले २ लाख ५९ हजार रूपैयाँ छ ।
 
आपतकालीन कोषको रकम मानवीय आकस्मिक र आपतकालीन कामका लागि मात्र मासिक सयकडा दुई रुपैयाँ ब्याज दरमा वितरण गरिन्छ । 
 
त्यो पनि समूहका महिला सदस्यका लागि मात्र । समूहले आपतकालीन कोषको रकम विशेष गरी विरामी, सुत्केरी, दुर्घटना, शर्पदंश, लडेर वा आगलागी लगायतका अत्यन्त जरुरी हकामका लागि तत्काल राहत र उपचार प्राप्तिका लागि मात्र दिने गरेको छ ।
 
रकम लिन कुनै धितो राख्नु पर्दैन । एक महिना अवधिभन्दा बढी समय सदस्यले गुजार्दैनन ।
 
यसका अलावा व्यापार व्यवसायका लागि पनि समूहका सदस्यहरूलाई ऋण दिने गरिएको समूहकी कोषाध्यक्ष आशादेवी रामले बताइन । 
 
महिलाहरूले थालनी गरेको यो कार्यमा सुरुवाती दिनहरूमा त्यति वास्ता नगरे पनि अहिले समूहलाई गाउँका पुरुषहरूले पनि सहयोग गरेका छन ।
 
भोटिया टोल र लक्ष्मीनियाका हरवाचरवा महिला मात्रै होइन उनीहरूको सिको गर्दै सुखिपुर नगरपालिका ७, १० नम्बर वडा र धनगढीमाई नगरपालिका १ र २ वडासहित वर्छवा लगायत आठ गाउँका महिलाहरूले समूह गठन गरी आपतकालीन कोषमा रकम जम्मा गर्दै आएको दलित विकास मञ्चका कार्यक्रम संयोजक रविन कुमार महराले जानकारी दिए ।
 
जन वकालत तालिम
 
यसैबीच जिल्लामै बचत समूहमा उदाहरणीय बनेको हरुवाचरुवा महिला बचत समूहका सदस्यहरूलाई क्षमता विकासका लागि दलित विकास मञ्च सिरहाले द फ्रिडम फन्डको सहयोगमा जन वकालत तालिम दिएको छ ।
 
२७ महिला बचत समूहका ६० महिला सहभागी तालिममा हरुवाचरुवाका सामाजिक तथा आर्थिक अवस्था, समस्या पहिचान, अधिकार, हरवा चरवा नेतृत्व कर्तामा हुनुपर्ने गुण लगायत वकालतका आधारभूत विषयवस्तुहरूबारे चार दिनसम्म प्रशिक्षण दिइएको कार्यक्रम संयोजक रविन कुमार महराले जानकारी दिए ।
 
 जसबाट उनीहरूको क्षमता विकासमा सहयोगी बनेको उनले बताए ।
 


यसमा तपाईको मत