• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

नर्सिङ कलेजका लागि ४ करोड

नर्सिङ कलेजका लागि ४ करोड
मंसिर १५ गत्ते,राजविराज ।
 
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा एउटै योजनामा चार करोड रुपैयाँ विनियोजन गरिएको छ ।
 
सप्तरी क्षेत्र नम्बर २ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत रहेको परामर्स समितिको बुधबार राजविराजमा भएको बैठकले एउटा योजनामा नै चार करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको हो ।
 
उपप्रधान एवं स्वास्थ्यमन्त्री समेत रहेका सो निर्वाचन क्षेत्रको परामर्स समितिका संयोजक उपेन्द्र यादवको प्रस्तावमा चार करोड रुपैयाँ राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको हाताभित्र नर्सिङ कलेज स्थापना गर्ने कार्यमा विनियोजन गरिएको समितिका सदस्य रहेका राजविराज नगरपालिकाका मेयर शम्भु यादवले जानकारी दिए ।
 
कात्तिक मसान्तभित्रै योजना छनोट भइसक्नुपर्ने म्याद रहे पनि समिति संयोजक यादवको कार्य ब्यस्तताका कारण बैठक बस्न नसक्दा योजना छनोटमा १२ दिन ढिलाइ भएको हो । 
 
खुद्रे योजनाभन्दा जिल्ला र क्षेत्रको समग्र विकासलाई ध्यानमा राखी नर्सिङ कलेज स्थापनार्थ चार करोड रुपैयाँको पूरै बजेट विनियोजन गरिएको यादवले बताए ।
 
राजविराजमा अञ्चल अस्पताल रहे पनि रिफरल सेन्टर जस्तो भएको आरोपमा बीच पछिल्ला समयमा चिकित्सक जनशक्ति र भौतिक पूर्वाधारको व्यवस्थापनमा ध्यान दिइँदा अस्पतालको अवस्था सुधार हुँदै गएको छ ।
 
अञ्चल अस्पतालभित्र नर्सिङ कलेज स्थापना गर्ने गरी गरिएको बजेट विनियोजनले अस्पतालको अवस्था सुधारसँगै दक्ष जनशक्ति उत्पादनमा समेत मद्दत पुग्ने गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।
 
क्षेत्र ३ ले अझै टुंग्याएनन
 
चारवटा निर्वाचन क्षेत्र रहेको सप्तरीमा स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रमको योजना छनोट क्षेत्र नम्बर १ र ४ को तोकिएको समय भित्रै कार्तिक मसान्तअगावै सकिएको थियो ।
 
तोकिएको समयभन्दा १२ दिन ढिला गरेर क्षेत्र नम्बर २ को योजना छनोट बुधबार भएको छ ।
 
 तर क्षेत्रनम्बर ३ को योजना छनोट अझै पनि हुन नसकेको जिल्ला सबनमय समिति सप्तरीले जनाएको छ ।
 
क्षेत्र नम्बर ३ को परामर्स समितीको संयोजक उक्त क्षेत्रवाट प्रतिनिधिसभामा निर्वा्चित राजपा नेपालका सांसद चन्द्रकान्त चौधरी हुन् । यसअघि उक्त परामर्स समितिको बैठक बसे पनि सहमति हुन नसक्दायोजना छनोट हुन सकेको थिएन ।
 
बुधबार पनि निर्वाचन क्षेत्र नम्बर ३ को योजना छनोटका लागि जिल्ला सबन्मय ििसममा बैठक भए पनि सहमति जुटन नसक्दा योजना छनोटको कार्यले पूर्णता पाउन सकेन ।
 


यसमा तपाईको मत