• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

अमेरिकी पूर्व राष्ट्रपति बुशको निधन

अमेरिकी पूर्व राष्ट्रपति बुशको निधन
 
मंसिर,१३गत्ते ।
काठमाडौँ — अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन भएको छ। शुक्रबार साँझ ९४ वर्षको उमेरमा निधन भएको हो ।
अमेरिकाका ४१ औं राष्ट्रपति बुश सन् १९८९ देखि सन् १९९३ सम्म सत्तामा रहेका थिए। सन् १९२४ मा अमेरिकाको मिल्टनमा जन्मिएका बुश रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति चुनिएका थिए । उनी यस्ता भाग्मानी राष्ट्रपति हुन् जो ८ वर्ष उपराष्ट्रपति हुँदै राष्ट्रपतिमा पदमा चुनिए ।
यस्तै, उनका छोरा छोरा जर्ज बुश पनि राष्ट्रपति बने । बुश परिवारले बुवा र छोरा दुवै अमेरिकाको राष्ट्रपति भएको किर्तिमान राखेको छ । उनका छोरा जर्ज बुश सन् २००१ देखि २००९ सम्म अमेरिकाको दुई कार्यकाल राष्ट्रपति बने ।
रिपब्लिकन पार्टीको तर्फबाट सन् १९६३ टेक्सासको हेरिस काउन्टीको अध्यक्षमा चुनिएसँग बुशको राजनीतिक यात्रा सुरु भएको थियो ।
राजनीतिमा आउनुभन्दा अगाडिबुश अमेरिकी नेभीका पाइलट थिए । उनी दोस्रो विश्वयुद्धका एक योद्धा समेत हुन् । १८ वर्षको उमेरमा उनी अमेरिकी नेभीमा पाइलटको रुपमा प्रवेश गरेका थिए 
सन् १९८१ देखि १९८९ सम्म अमेरिकाको ४३औँ उपराष्ट्रपति भएका बुश त्योभन्दा अघि चीन र संयुक्त राष्ट्रसंघका लागि मुलुकको प्रतिनिधि(राजदूत)भएर काम गरेका थिए । उनी सन् १९७६ मा सीआईएको प्रमुख समेत भए ।
बुशलाई विभिन्न १५ भन्दा बढी संस्थाहरुले मानार्थ शैक्षिक उपाधि दिएका छन् । उनलाई टाइम म्यागजिनले सन् १९९० को वर्ष पुरुष घोषणा गरेका थियो ।
 


यसमा तपाईको मत