• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

दीगो विकास र शान्तिका लागि सहकार्यःम्यान्मारकी स्टेट काउन्सिलर सुकी

दीगो विकास र शान्तिका लागि सहकार्यःम्यान्मारकी स्टेट काउन्सिलर सुकी
 
मंसिर,१३गत्ते काठमाडौँ ।
म्यान्मारकी स्टेट काउन्सिलर आङसाङ सुकीले विश्वमा दिगो विकास र शान्ति स्थापनाका लागि सहकार्यमा जोड दिएकी छन् ।
शनिबारदेखि काठमाडौंमा सुरु भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ लाई सम्बोधन गर्दै उनले हरेक चुनौतीलाई अवसरका रुपमा लिई सकारात्मक सोचका साथ त्यसको सामना गर्न सक्नुपर्ने बताएकी हुन।
दीगो विकास, समृद्धि र शान्ति सँगसँगै स्थापित हुनुपर्ने बताउँदै उनले पारस्परिक समृद्धि, सहकार्य र मानवीयतालाई प्राथमिकता दिएर मात्रै गरिबी, अशिक्षाजस्ता एशिया प्रशान्त क्षेत्रका साझा समस्याको समाधान गर्न सकिने उल्लेख गरिन्।
सम्मेलनमा कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतीय जनता पार्टीका नेता विजय जोलीलगायतले पनि सम्बोधन गरेका छन्। नेता जोलीले आफूले हरेक पटक नेपाल भ्रमणमा आउँदा भ्रातृत्वको सन्देश पाउने उल्लेख गर्दै भारत विश्वव्यापी शान्ति र विकासका लागि सहकार्य गर्न तयार रहेको बताए।
आयोजक संस्था युनिभर्सल पिस फेडेरेशन (युपिएफ) अन्तर्रा्ष्ट्रिय अध्यक्ष डा थोमस जी वास्लले स्वागत गर्दै सम्मेलनले दिगो विकासका लक्ष्य र शान्ति तथा सहकार्यका लागि सन्देश दिने बताए।
सम्मेलनमा आधा दर्जन मुलुकका राष्ट्ररसरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुना सहभागी छन्। सम्मेलनको सुरुवातमाप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेकाथिए।
 


यसमा तपाईको मत