• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

दिवंगत बुसप्रति ट्रम्प दम्पत्तीको सम्मान, अन्तिम संस्कारमा पनि सहभागी हुने

दिवंगत बुसप्रति ट्रम्प दम्पत्तीको सम्मान, अन्तिम संस्कारमा पनि सहभागी हुने
 
१८ मंसिर, काठमाडौं । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र र उनकी पत्नी मेलानियाले दिवंगत पूर्वअमेरिकी राष्ट्रपति जर्ज एचडब्लू बुसप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
बुसको पार्थिव शरीर एयरपोर्समार्फत् टेक्सासबाट वासिंटन डीसी ल्याएर रोटुंडामा राखिएको छ । ट्रम्प दम्पत्तीले त्यही पुगेर दिवंगत बुसप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
बुस परिवार र ट्रम्पबीच विगतमा द्वन्द्व थियो । यद्यपि, ट्रम्प श्रद्धाञ्जलीका लागि क्यापिटोलमा पुगेका छन् । र, बुधबार हुने बुसको अन्तिम संस्कारमा समेत सहभागी हुँदैछन् ।
रोटुंडामा बुधबार औपचारिक समारोह हुँदैछ । जसमा सर्वसाधारणलाई पनि सहभागी गराइँदैछ ।
अमेरिकी पूर्वराष्ट्रपति बुसको गत शुक्रबार ९४ वर्षको उमेरमा निधन भएको थियो । उनको शवलाई बुधबार पत्नी बारबरा गाडिएकै टेक्सासस्थित घरमा समाधिस्थ गरिने कार्यक्रम छ ।
 


यसमा तपाईको मत