• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

बर्दिबासका असक्तलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता उपल्बध गराइने

बर्दिबासका असक्तलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता उपल्बध गराइने
 
मंसिर १९गत्ते ,बर्दिबास ।
अपाङ्ग भएका नागरिक समाजका सबैभन्दा पछाडी परेका नागरिक हुन् । उनीहरुले जुन रुपमा अन्य व्यक्तिसरह अधिकार पाउनुपर्ने सो अधिकार प्राप्त गर्न नसक्दा अपाङ्गलाई संविधानले दिएको अधिकार  कागजमै सिमित रह्यो । 
यसैलाई मध्यनजर गर्दै ‘मलाई गणना गर, समावेश गर’ भन्ने नाराका साथ १७ औं अन्तर्रा्ष्ट्रिय अपाङ्ग दिवसको अवसरमा महोत्तरीको बर्दिबासमा मंगलबार अपाङ्ग अधिकार विषयक अन्र्त्क्रिया कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा बोल्दै बर्दिबास नगरपालिकाकी उप(प्रमुख कृष्णमाया गौतमले नेपाल सरकारले दिएको यस वर्षको सामाजिक सुरक्षा भत्ता र अपाङ्गता परिचयपत्र बर्दिबास नगरपालिकाले देशव्यापी रुपमै सबैभन्दा चाँडै वितरण गरेर समाजमा उदाहरणीय काम गरेको प्रष्ट पारिन् । 
उनले सामाजिक सुरक्षा भत्ता लिन असहज भएका असक्त वृद्धवृद्धा र अपाङ्गहरुलाई नगरपालिकाले घरदैलोमा बैंकका कर्मचारी पठाई भत्ता वितरण गरिने आश्वासन समेत दिइन् । 
अन्र्त्क्रियामा सहभागि अपाङ्गहरुले नेपाल सरकारले दिएको अधिकार पूर्ण रुपमा कार्यान्वयन नभएकाले सार्वजनिक यातायातमा यात्रा गर्दा आफूहरुले छुट नपाएको तथा नीजि विद्यालयमा छोराछोरीलाई पठनपाठन गराउँदा विद्यालयले दिनुपर्ने छात्रवृत्ति शुल्क मिनाह जस्ता राज्यले दिएका सुविधाहरु नपाएको गुनासो गरेका छन् । 
उनीहरुले अपाङ्गताको क्षेत्र अत्यन्तै संवेदनशील क्षेत्र भएको कारणले गर्दा अपाङ्गता भएका नागरिकहरुको हक अधिकार संरक्षण प्रवद्र्वनका लागि विशेषगरी कानूनका अगाडी समानताको सिद्धान्तका आधारमा विशेष कानुन र अपाङ्गमैत्री कानुनको निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए । 
त्यसैगरी बर्दिबास नगरभित्र रातोकार्ड पाउने पूर्ण असक्त १७ जना रहेका छन् । जसमध्ये ४ जना महिला र १३ जना पुरुष छन् । 
त्यस्तै निलोकार्ड पाउने अति असक्त २३ जना महिला र ३४ जना पुरुष गरी जम्मा ५७ रहेका छन् । 
त्यसैगरी नगरक्षेत्रभित्र पहेंलो कार्ड पाउने अपाङ्गता भएकामध्ये २ जना महिला  र ७ जना पुरुष रहेको नगरपालिकाको सामाजिक विकास सुरक्षा शाखाले जनाएको छ । 
कार्यक्रम बर्दिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीको अध्यक्षता भएको थियो । 
कार्यक्रममा बर्दिबास नगरपालिकाको सामाजिक विकास सुरक्षा शाखाकी प्रमुख सत्यादेवी अधिकारी, नगर शिक्षा शाखाका प्रमुख गणेश दाहाल, नगर स्वास्थ्य शाखाका प्रमुख महेन्द्र साह, नेपाल नेत्रहिन पुर्नस्थापना कार्यक्रम महोत्तरीका निर्देशक अमृत राई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।  
 


यसमा तपाईको मत