• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

टि–ट्वान्टी क्रिकेटमा चित्रपुरको जीत

टि–ट्वान्टी क्रिकेटमा चित्रपुरको जीत
विनोद महतो-
धनुषा, असार १२ ।
धनुषाको मिथिला नगर पालिकामा जारी टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा जन एकता युवा क्लव चित्रपुरले जीत हासिल गरेको छ । सो खेलमा त्रिशक्ति नवयुवा क्लव लक्ष्मीबासलाई हराउँदै ५ रनले जीत हात पारेको छ ।
टस जितेर पहिलो व्याटिंग चित्रपुरले निर्धारित २० ओभरमा १७ ओभर खेल्दै अलआउट भएर ९७ रन बनाएको थियो । जवावमा ९८ रनको लक्ष्य लिएर मैदान उत्रेको लक्ष्मीबास टिम पुरा ओभर खेल्दै अलआउट भएर ९२ रन मात्र बनाउन सकेको थियो । सो खेलमा ४४ रन बनाएका चित्रपुर टिमका संजिव कुमार महतोलाई म्यान अफ दि म्याच घोषित गरिएको छ ।
प्रतियोगिता अन्तर्गत सोमबार हिमालय युवा क्लव नक्टाझिज र रोयल क्रिकेट टिम महेन्द्रनगरबीच खेल हुनेछ । सो खेल विहान ९ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ । खेल नक्टाझिजको हजराचौकस्थित श्री जनता उच्च माविको पछाडिपट्टी बसही खोलाको मैदानमा संचालन भईरहेको छ ।


यसमा तपाईको मत