• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

गौशाला नगरपालिकामा कार्यरत महिला स्वयंसेविका पुरस्कृत

गौशाला नगरपालिकामा कार्यरत महिला स्वयंसेविका पुरस्कृत
प्रदिप महतो
मंसिर १९ गते,गौशाला ।
 
राष्ट्रिय महिला स्वास्थ स्वयंं सेविका दिवसको अवसरमा बुधवार गौशाला नगरपालिकाले यहा कार्यरत महिला स्वयंसेविकालाई सम्मान गरेको छ । 
 
उत्कृष्ट सेवा गर्ने ७ जनालाई पुरस्कृतसमेत गरेको जनाएको  छ ।गौशाला नगरपालिकाको १२ वडामा हाल ६३ स्वयंसेविका कार्यारत छन् । 
 
उनीहरुलाई नगर प्रमुख शिवनाथ महतोले जनही एक थान मोवाईल तथा शल ओढाएर सम्मान गरे । उनले नगर क्षेत्रमा उत्कृष्ट सेवा गर्ने ७ जना स्वयंसेविकालाई पुरस्कृत गरिएको थियो ।
 
पुरस्कृत हुने स्वयंसेविकामा वडा नं १ रामनगरकी कौशल्या श्रेष्ठ , वडा नं २ की चंपादेवी चोधरी , वडा नं ५ गौशालाकी शान्तिदेवी लामिछाने , वडा नं ११ भरतपुरकी मंजुदेवी चौधरी , वडा ८ बेलगाछीकी मनकुमारी थापा , वडा नं ९ भरतपुरकी फूलोदेवी यादव तथा वडा नं १२ लक्ष्मिीनिया की बासोदेवी महतो छन् । 
 
उनीहरुलाई नगरप्रमुख महतोले हजार रुपैयाका  दरले  नगद पुरस्कार प्रदान गरेका थिए ।    जिल्ला स्वास्थ प्रमुख डा राजिव झाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नगरप्रमुखले सवै महिला स्वयंसेविकालाई मासिक १ हाजर ५ सय भत्ता दिने घोषणा गरेपछि तालि पिटेर खुसि प्रकट गरेका थिए । 
 


यसमा तपाईको मत