• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

भुमाफिया रत्न सागर मठका महन्थ बैकुण्ठ दास काठमाडाैबाट पक्राउ

भुमाफिया रत्न सागर मठका महन्थ बैकुण्ठ दास काठमाडाैबाट पक्राउ
जनकपुरधाम, मंसिर १९ गते । 
रत्न सागर मठका महन्थ बैकुण्ठ दासलाई प्रहरीले पक्राउ गरेको छ । किर्ते गरी जग्गा बिक्रि गरी फरार भएका महन्थ बैकुण्ठलाई बुधबार साझ ८ बजे काठमाण्डौबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोबिन्द थपलियाले बताए । 
 
नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस जनक हजारी विद्यापीठको भोगचलनमा रहेको अढाई अर्बभन्दा बढी मूूल्य बरावरको अढाई बिघा जग्गाको नक्कली लालपुर्जा बनाएको आरोपमा रत्नसागर मठका महन्थ बैकुण्ठ दास वैष्णवलाई पक्रन जिल्ला अदालत धनुषाले पुर्जी जारी गरेको थियो । 
 
 
पक्राउ पुर्जी जारी भएपछि फरार भएका बैकुण्ठलाई काठमाडौ प्रहरीको सहयोगमा पक्राउ परेको हो । पक्राउ परेका बैकुण्ठलाई बिहिबार जिल्ला अदालतमा पेश गर्ने प्रहरी उपरीक्षक थपलियाले बताए । 
 
 
जिल्ला अदालत धनुषाका न्यायाधीश राधाकृष्ण उप्रेतीले गत बुधबार जारी गरेको पक्राउ पुर्जीमा ‘जिल्ला प्रहरी कार्यालय धनुषाले सरकारी कागजकीर्ते कसुरमा पक्राउ पुर्जी जारी गर्न अनुमति माग भई आएकोमा सो बेहोरा मनासिव देखिएकाले निवेदन मागबमोजिम सो व्यक्ति (रत्नसागर मठका महन्त बैकुण्ठ दास) को नाममा पक्राउ पुर्जी जारी गर्न मुलुकी फौजदारी कार्य्विधि (संहिता) ऐन २०७४ को दफा ९ को उपदफा ३ बमोजिम अनुमति दिइएको छ’ भनी उल्लेख छ । पक्राउ पुर्जीमा महन्थको ठेगाना भने उल्लेख छैन । 
 
 
यसै मुद्दामा सोही मन्दिरका पुजारी अशोक शर्मा दुई सातादेखि थुनामा छन् । एसपी थपलियाका अनुसार शर्मा र बैकुण्ठमाथि सरकारी कीर्ते मुद्दा चलाइएको छ । आरोप प्रमाणित भए बिगोबमोजिम भर्पाइ गराउनुका साथै जेल सजाय समेत हुन सक्छ ।
 
२०५० सालदेखि क्याम्पसको भोगचलनमा रहेको जनकपुर ८ स्थित सिटनम्बर १३५४र१४को कित्ता नम्बर ६२ को २ कट्ठा ११ धुर तथा सिट नम्बर १३५४र१५ को कित्ता नम्बर १,२, २८ तथा ४९ को २ बिघा ८ कठा १४ धुर जग्गा कीर्ते लालपुर्जा बनाई बिक्री वितरण गर्न खोजिएको आरोप जनक हजारी विद्यापीठका प्राचार्य विजय चौधरीको छ ।
 
 
२०४२/०४३ को सहरी नापीमा गुठी संस्थान बराही कुटीको नाममा दर्ता रहेको उक्त जग्गालाई मालपोत कार्यालय धनुषाले फर्जी स्रेस्ता खडा गरी २०६८ सालमा रत्नसागर मठको नाममा अर्को जग्गाधनी दर्ता स्रेस्ता बनाएको थियो ।
जसको संरक्षकमा उक्त मठका महन्थ वैकुण्ठ दास वैष्णवको नाम उल्लेख थियो ।
 
 
 


यसमा तपाईको मत