• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

दुईवटा मेडिकलमा आगलागी, एक करोड मूल्य बराबरको औषधि जलेर नष्ट

दुईवटा मेडिकलमा आगलागी, एक करोड मूल्य बराबरको औषधि जलेर नष्ट


मंसिर २० गत्ते , नेपालगञ्ज ।
नेपालगञ्ज शिक्षण अस्पताल अगाडि रहेका दुईवटा मेडिकलमा बुधबार राति आगलागी भएको छ । आगलागीबाट करिब एक करोड रुपैयाँ मूल्य बराबरको औषधि जलेर नष्ट भएको संचालकहरुले जनाएका छन् ।
सफा मेडिकल र माया मार्फेसीमा राति एक्कासी विद्यतु सर्ट भई आगलागी हुुँदा औषधि जलेर नष्ट भएको पाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जका इञ्चार्ज प्रहरी निरीक्षक नारायण डाङ्गीले जानकारी दिनुभयो ।
आगलागीको जानकारी पाएलगत्तै पुगेको प्रहरी टोली र स्थानीयले दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिएको प्रहरी निरीक्षक डाङ्गीले बताउनुभयो । शिक्षण अस्पतालको अगाडि लागेको आगो तत्कालै नियन्त्रणमा लिइएका कारण ठूलो दुर्घटनाको जोखिमबाट बच्न सकेको प्रहरीले जनाएको छ ।
 



यसमा तपाईको मत