• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

किर्ते जग्गा धनि श्रेस्ता बनाउने फरार भुमाफिया महन्थ बैकुण्ठ प्रहरी खोरमा,

किर्ते जग्गा धनि श्रेस्ता बनाउने फरार  भुमाफिया महन्थ बैकुण्ठ प्रहरी खोरमा,


 
मंसिर २० गत्ते , जनकपुरधाम ।
गुठी संस्थानको नक्कली जग्गा धनी दर्ता श्रेस्ता बनाएर सरकारी कागज किर्ते मुद्दामा फरार जनकपुरका महन्थ बैकुण्ठ दास वैष्णवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
हजारी जनक विद्यापिठ जनकपुरको जग्गा  धनी दर्ता श्रेस्ता बनाई आफनो हो भनी उच्च अदालतमा समेत कागजात पेश गरेको सरकारी कागज किर्ते मुद्दामा फरार महन्थ बैकुण्ठलाई बिहिबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो । फरर बैकुण्ठलाई बुधबार साझ काठमाडौको गेष्टहाउसबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोबिन्द थपलियाले बताए ।
बैकुण्ठले जनक हजारी विद्यापिठ जनकपुरको भोगमा रहेको गुठी संस्थानको नाममा दर्ता रहेको जिल्ला धनुषा जनकपुर उप महानगरपालिका वडा नं.८ को सिट नं.१३५४–१४ किता नं.६२ को क्षेत्रफल ०–२–११ र सिट नं. १३५४–१५ किता नं. २८ को क्षेत्रफल २–८–१४ भएको जग्गाको नक्कली जग्गा धनी दर्ता श्रेस्ता बनाएको हो ।
जनक हजारी विद्यापिठका प्राचार्य विजय कुमार चौधरीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रहेको महन्थ बैकुण्ठ तिवारी भन्ने बैकुण्ठ दास वैष्णव समेत भएको सरकारी कागज किर्ते मुद्दामा प्रतिवादी रहेको छ । प्रतिवादी महन्थ बैकुण्ठलाई धनुषा जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
 



यसमा तपाईको मत