• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

छोरी हत्या आरोपमा आमा पक्राउ ।।

छोरी हत्या आरोपमा आमा पक्राउ ।।


मंसिर २० गत्ते , जनकपुरधाम ।
जनकपुरमा छोरीलाई घाटी थिचेर हत्या गरेको आरोपमा आमा पक्राउ परेका छिन । जनकपुर उप–महानगरपालिका–२४ सोनापडाकी १६ वर्षीया छोरी सोनि मण्डलको हत्या आरेपमा ४० वर्षीया आमा राजकुमारी देवीलाई प्रहरीले पक्राउ गरेको छ ।  
कक्ष ८ मा अध्ययनरत सोनि मण्डल र आमा राजकुमारी बिच घरायसि झगडाको क्रममा हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोबिन्द थपलियाले बताए । बिवाह गर्ने विषयमा आमा छोरीको झगडा भएपछि एउटै घरमा छुटै खाना पकाएर खादै आएका थिए ।
बुधबार भान्सामा बनाएको तरुवाको विषयमा झगडा हुदा सोनिले आमामाथि आग्लो प्रहार गरेको र आमाले छोरीको घाटी थिच्दा सोनिको मृत्यु भएको प्रहरी उपरीक्षक थपलियाले बताए । आफुले मन पराएको केटासंग बिवाह गर्न खोज्दा आमा छोरीको झगडा हुदै आएको थियो ।
झगडाको झममा बेहोस हुने नाटक गर्ने गरेको र बुधबार घाटी थिचिदा फेर बेहोसको नाटक गरेको हुन सक्ने भन्दै केहि बेर पछि हेर्दा सोनि मृत अवस्थामा फेला परेका थिए ।  मृत अवस्थामा भुइमा रहेको छोरीलाई आमले स्थानिय महिलाको सहयोग लिएर पछि खाटमा राखेको अनुसनधानमा खटेका प्रहरी नयाव उपरीक्षक दिपेन्द्र शाहिले बताए ।
 



यसमा तपाईको मत