• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

संचार खर्च नपाएपछि उपप्रमुखले फिर्ता गरिन् सिमकार्ड

संचार खर्च नपाएपछि उपप्रमुखले फिर्ता गरिन् सिमकार्ड
 
मंसिर २१ गत्ते,सप्तरी । 
स्थानीय तहको निर्वाचन भएपछि कतिपय ठाउँमा जनप्रतिनिधिबीचको विवाद चरमोत्कर्षमा पुगेको छ । खासगरी प्रमुख र उप प्रमुखबीच अत्यधिक विवाद हुने गरेको देखिएको छ ।
उप(प्रमुख महिला भएकै कारण पुरुषहरुले हेप्ने गरेको उप(प्रमुखहरुको आरोप छ ।  सप्तरीकी एक उप(प्रमुखले भने आफूलाई हेपेर संचार खर्चसमेत नदिएको भन्दै नगरपालिकाले उपलब्ध गराएको मोवाइलको सिमकार्ड फिर्ता गरिदिएकी छन् ।
जिल्लाको बोदे बर्साइन नगरपालिकाकी उप प्रमुख रञ्जुकुमारी साहले नगरपालिकाले उपलब्ध गराएको नेपाल टेलिकमको सिमकार्ड नगरपालिकामा फिर्ता गरेको बताएकी छन् । ‘उपप्रमुखका लागि संचार खर्च छैन् भनेर प्रमुख प्रशासकीय अधिकृतले भनेपछि सिमकार्ड नगरपालिकालाई नै फिर्ता र्गयौं,’ उप(प्रमुख साहले भनिन्, ‘प्रमुख प्रशासकीय अधिकृत उमेश यादवले यस्तो जानकारी गराएपछि नगरपालिकाको प्रमुखका नीजि सचिब मार्फत सिम कार्ड फिर्ता गरेको छु ।’
उप(प्रमुखमा निर्वा्चित हालसम्म आफूलाई संचार खर्च वापत रु एक हजार मात्र उपलब्ध गराइएको गुनासो गर्दै उनले नगरपालिकाबाट प्राप्त भएको सिममा आफ्नो व्यक्तिगत खर्च गर्दै आएको बताइन् । उनले पत्रिकाको बिल पनि आफैंले तिरेको र नगरपालिकाले हालसम्म कुनै सुविधा नदिएको गुनासो गरेकी छन् ।
 


यसमा तपाईको मत