• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

आम्दानीको स्रोत बन्यो बाँसका विरुवा

आम्दानीको स्रोत बन्यो बाँसका विरुवा
 
मंसिर २१ गत्ते,सप्तरी ।
 
 
बाँस खेतीबाट राम्रो आम्दानी हुने भएपछि अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ रतवलाका रमानन्द लेखीले व्यवसायिक रुपमा नै बाँस खेती सुरु गर्नु भएको छ । फलफूल तरकारी तथा अन्य बालीको तुलनामा कम लगानी लाग्ने र बढी प्रतिफल हुने भएकाले उहाँले बाँस खेती सुरु गरेको बताउनुभयो । 
 
 
पछिल्लो समयमा भवन निर्माणको काममा पनि बाँसको प्रयोग बढेको छ । उहाँले बाँसको नर्सरी लगाउन सुरु गरेको ६ महिना भयो । उहाँले ३ सय ५० बाँसको विरुवा १ सय ५० रुपैयाँको दरले बिक्री गरेको पनि बताउनुभयो । एक विगाहा क्षेत्रफलमा लेखीले लगाएको बाँस बगैंचामा मलबाँस, कटबाँस, धनुबाँस, भालुबाँस, ताप्केबाँस र तारुबाँसजस्ता विभिन्न प्रजातीको बाँसहरु रहेका छन् । 
 
 
बाँसको विरुवाको माग दैनिक बढ्दो छ । सप्तरी जिल्ला बाहेक अन्य जिल्लाबाट पनि बाँसका विरुवा लिन आउने गरेको उहाँले जानकारी दिनुभयो । तर उहाँले विरुवा बेच्नकै लागि लगाउनुभएको बाँसको नर्सरी थोरै भएकाले माग धान्न नसकेको बताउनुभयो । 
 
 
लेखी आफैँले बाँस खेती गरेको अनुभव सुनाउँदै भन्नुहुन्छ ‘बाँस खेती निकै सजिलो छ । सुरुका दिनहरुमा अलि स्याहार गरे हुन्छ । धेरै मिहिनेत पनि गर्नुपर्दैन ।’ पछिल्लो समयमा बाँसको बजार बृद्धिभएसँगै यसको मूल्यमा पनि वृद्धि आएको छ । विभिन्न किसिमका हस्तकलाका सामग्री, निर्माण व्यवसायमा बढ्दो प्रयोगका कारण पनि यसले राम्रो बजार लिइरहेको लेखीको अनुभव छ । 
 
 
सप्तरीमा नाङ्गलो, मुढा, ढकीलगायतका बाँसका सामग्री बनाउन बाँसको खपत हुने भएपछि स्थानीयबासिन्दा व्यवसायिक बाँस खेतीतर्फ आकर्षित भएका छन् ।
 


यसमा तपाईको मत