• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ
मिथिलाञ्चल समाचारदाता
मंसिर २१ गत्ते,बारा ।
 
श्रिरको विभिन्न भागमा लुकाई बाराबाट काठमाडौं लैजादैं गरेको  लागुऔषध सहित २ जना पक्राउ परेको छ ।
 
 
बुधबार ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले शरिरका विभिन्न भागमा लुकाई छिपाई काठमाण्डौ तर्फ लैजादै गरेको अवस्थामा फेला पारी लागु औषध ईन्जेक्सन सहित २  जनालाई पक्राउ गरेको हो ।
 
जितपुरसिमरा उपमहानगरपालिका ३  रामवन स्थित वीरगंज महानगरपालिका ३२ बस्ने ५० वर्षिय नैमुदिन अन्सारी र काठमाण्डौ महानगरपालिका १२ बस्ने वर्ष १९ को लाक्पा शेर्पाबाट अवैध लागू औषध डाईजेल्याव ईन्जेक्सन १५०, फेनार्गन ईन्जेक्सन १५० र नुर्फिन ईन्जेक्सन १५० गरी जम्म ४५० पिस ईन्जेक्सन बरामद भएको छ ।
 
दुबै जनालाई जिल्ला अदालत बाराबाट ७ दिनकोे म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 
 


यसमा तपाईको मत