• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

हत्या गरी फरार अभियुक्त पक्राउ

हत्या गरी फरार अभियुक्त पक्राउ
मिथिलाञ्चल समाचारदाता
मंसिर २१ गत्ते,बारा ।
 
बारा करैयामा  भाारतीय  नाागरिकलाई हत्या गरी फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ ।
 
बुधबार २ जना भारतीय नागरिकलाइ हत्या गरी फरार रहेको वर्ष २५ को लड्डु भन्ने राजकिशोर गिरीलाई महागढिमाई नगरपालिका वडा नं.१ सिमरा तेलगछिया टोल स्थित लुकीछीपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ ।
 
बारा करैया गाँऊ विकास समिति वडा नं.८ स्थित सहजनाथ सामुदायिक वनमा २०७३ साल पुस १० गत्ते भारत विहार जिल्ला मोतिहारी पूर्वी चम्पारण ग्राम पंचायत राजलक्ष्मीपुर पोखरीया वडा नं.४ बस्ने वर्ष २७ को अरुण राम र वर्ष १९ को दिपिक रामलाई डोरीले हात खुट्टा बाधी धारिलो हतियारले घाटी रेटी हत्या गरेका थिए ।
 


यसमा तपाईको मत