• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

विद्यार्थी आन्दोलनले राराब ठप्प

विद्यार्थी आन्दोलनले राराब ठप्प
मिथिलाञ्चल समाचारदाता
 
मंसिर १९ गते,जनकपुरधाम। 
 
नियमित पठनपाठनको माग गर्दै जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका विद्यार्थीहरु निरन्तर आन्दोलन गरिरहेका छन । यसैबीच उनीहरुले बिहिबार चौथो दिन पनि क्याम्पसमा तालाबन्दी गरेका छन् । 
 
आफूहरुको भविष्य अन्धकार तर्फ धकेलिएकाले प्रशासनको ध्यानाकर्षणका लागि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्नुपरेको राजपा विद्यार्थी संघका दिनेश यादवले बताए ।
 
यता क्याम्पसका सहायक प्रमुख रामनरेश ठाकुरले सम्बन्धित बिषयको शिक्षक नभएकाले कक्षा सञ्चालन गर्न कठिनाई भएको बताएका छन ।
 
विषयगत शिक्षक नभएर पठनपाठन प्रभावित हुँदा पनि क्याम्पस प्रमुख विजय लाल कायस्थले समस्या समाधान गर्न चासो नदेखाएको विद्यार्थीहरुले आरोप लगाएका छन् । 
 
यसअघि उनीहरुले क्याम्पस प्रमुख विजयलाल कायस्थ, विज्ञान बिभागका सहायक क्याम्पस प्रमुख बिरेन्द्र यादव लगायतलाई क्याम्पस प्रमुखको चेम्बरमै थुनेका थिए भने मंगलबार क्याम्पस परिसरमा धर्ना समेत दिएका थिए ।
 
उनीहरुले क्याम्पस प्रमुखले आफुहरुसँग लिखित सहमती गरेर वार्ता गर्ने सहमति गरेपनि वार्ता नगरेकाले आज पनि राष्ट्रिय विद्यार्थी संघले धर्ना कार्यक्रमलाई निरन्तर दिएको बताएका छन ।
 
 समय मै समस्याको समाधान नभए अगामी दिनमा अझ ठोस भन्दा ठोस कदम चाल्न बाध्य हुने विद्यार्थीहरुले चेतावनी दिएका छन ।
 


यसमा तपाईको मत