• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

विकास र समृद्धिको लागि हातेमालो गर्न मुख्यमन्त्री राउतको आह्वान

विकास र समृद्धिको लागि हातेमालो गर्न मुख्यमन्त्री राउतको आह्वान
 
मंसिर २१ गत्ते ,जनकपुरधाम,। 
मुख्यमन्त्री लालबाबु राउतले विकास र समृद्धिको मुद्दामा स्थानीय तहलाई हातेमालो गरेर अघी बढन आह्वान गर्नु भएको छ । 
 
 
धनुषाको लालगढमा आयोजित गाँउपालिका राष्ट्रिय महासंघको प्रदेश नं.२ स्तरीय प्रथम प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले विकास निर्माणको मुख्य केन्द्र विन्दु स्थानीय तह नै रहेकोले हातेमालो गरेर अघि बढनुको विकल्प नरहेको बताउनु भयो ।
 
 
स्थानीय तहका जनप्रतिनिधिहरुलाई दलगत प्रवृतिबाट माथि उठनु पर्ने सुझाव दिनु हुँदै उहाँले इमान्दारिताका साथ विकास निर्माणको कार्यलाग्न आग्रह गर्नु भयो । मुख्यमन्त्री राउतले स्थानीय तहमा रहेका समस्याहरु समाधानको लागि पनि प्रदेश र स्थानीय तह बीचको समन्वय आवश्यक रहेको उल्लेख गर्नु भयो । नेपालको संघीयता नै सहकार्यमा आधारित रहेको उल्लेख गर्नु हुँदै संघ , प्रदेश र स्थानीय तह बीचको सहकार्यमा जोड दिनु भयो ।
 
 
 
भ्रष्टाचारको विषयमा यो प्रदेश धेरै बदनाम भै सकेको तर्फ सचेत गराउनु हुँदै उहाँले भ्रष्टाचार न्युनिकरणमा भूमिका निर्वाह गर्न समेत आग्रह गर्नु भयो । मुख्यमन्त्री राउतले प्रदेश सरकार भ्रष्टाचार न्युनिकरणका लागि स्वशासन ऐन प्रदेश सभामा दर्ता गराई सकेको उल्लेख गर्नु हुँदै स्वशासन ऐन पारित भए लगतै भ्रष्टाचारीहरु कानूनको पकडमा आउने तर्फ सचेत गराउनु भयो ।
 
 
 
गाँउ पालिका राष्ट्रिय महासंघका प्रदेश संयोजक विजय चौरसीयाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा वन , उद्योग तथा पर्यटन राज्यमन्त्री सुरेश मण्डल, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपा नेता एवं प्रदेश सभा सदस्य सत्रुधन महतो सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।
प्रदेश अन्तर्गतका ५९ गाँउपालिका प्रतिनिधिहरुको सहभागिता रहेको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै २२ गते सम्पन्न हुने छ ।
 
 
 


यसमा तपाईको मत