• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

रामजानकी बिवाह महोत्सवकालागि जनकपुर सिंगारिदै, घोेंडा, हाती र ऊटमा अयोध्याबाट जन्ती आउने तयारी ।।

रामजानकी बिवाह महोत्सवकालागि जनकपुर सिंगारिदै,  घोेंडा,  हाती र  ऊटमा अयोध्याबाट जन्ती आउने तयारी ।।
 
मंसिर २१ गत्ते ,जनकपुरधाम,
रामजानकी बिवाह महोत्सवकालागि जनकपुर सिंगारिदै छ । मंसिर २६ गते हुने बिवाह महोत्सवको तयारीमा जानकी मन्दिर, जनकपुर उप महानगरपालिका, प्रदेश सरकार र संघिय सरकार जुटेका छन ।
जानकी मन्दिर सिंगारर्न भारतको कलकताबाट फुल मगाइएको छ । मन्दिरमा विद्य्तीय सजावट भइरहेको छ । जनकपुरको रंगभुमि मैदान बाह्र विग्हा र मन्दिर परिसरमा भव्य मञ्च बनाउने क्रम जारी छ । महोत्सवमा सहभागि हुन आएका साधु सन्तको भोजन बनाउन २ सय भन्दा बढी मजदुर परिचालन भएका छन् । रामजानकीको स्वयम्बर हुने जनकपुरको रंगभुमि मैदान बाह्र विग्हामा भव्य सजावट हुदै छ । छुटाछुट्टै मण्डाल निर्माण काम अहोरात्र हुदैछ । रंगभुमि मैदानमा आयोजना हुने यज्ञकालागि कलात्मक मण्डप निर्माण हुदै छ ।
बिवाह महोत्सवका मनाउन २ करोड भन्दा बढी खर्चको अनुमान गरीएको छ ।  महोत्सवमा सहभागि हुने १० लाख भन्दा बढी श्रद्धालुका लागि व्यवस्थापन भइरहेको जानकी मन्दिरका उतराधिकारी रामरोशन दास वैष्णवले बताए । राम जानकी विवाह महोत्सव शुक्रवारदेखि विधिवत सुरु हुदैछ । शुक्रवार जनकपुर दर्शन, शनिवार फूलवारीलीला, आइतवार धनुषयज्ञ,सोमवार तिलकोत्सव, मंगलवार मटिकोर, बुधवार रामजानकीको स्वयंवर पछि राति विवाह र विहीवार रामकलेवाको आयोजन उतराधिकारी रामरोशनले बताए ।
त्रेतायुगमा राम र सीताबीच भएको विवाहलाई जनकपुर र अयोध्यामा  मंसिर शुक्ल पञ्चमीको दिन धूमधामका साथ रामजानकी विवाह महोत्सव मनाइन्छ । जनकपुरको जानकी मन्दिर धूमधामसंग मनाइने रामजानकी विवाहमा भारतको अयोध्याबाट जन्ती आउने परम्परा छ । जन्तीहरु बस, जीप, कारसंगै १० घोेंडा, २ हाती र २ ऊटमा सवार भएर जनकपुर प्रवेश गर्ने तयारी भइरहेको छ ।
मंसिर २६ मा हुने बिवाह महोत्सवमा अयोध्याबाट जनकपुर आउने जन्तीको नेतृत्व भारत, उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदीत्यनाथले गर्दै छन् । योगि जन्तीको रुपमा सहभागी हुने भएपछि रामजानकी महोत्सवको यस वर्ष विशेष तयारी गरिदै छ ।
विवाह महोत्सवमा जन्ती बनेर आउने भारत, उतर प्रदेशका मुख्यमन्त्री योगिकालागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेश भवनमा भण्डाराको आयोजना गरेका छन् । भण्डाराकालागि प्रदेश सरकार रहेको मधेस भवनमा समेत पण्डाल लगाइएको छ । मुख्यमन्त्री राउतले आयोजना गर्ने भण्डारामा ५ सय भन्दा बढी साधु सहमागि हुने मुख्यमन्त्री राउतले बताए । विवाह महोत्सवका लागी प्रदेश २ सरकारले ५० लाख रुपैया उपलब्ध गराएको छ ।
 


यसमा तपाईको मत