• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

क्षीरेश्वरनाथ अन्तर वडा फुटबलको उपाधि वडा नंं ५ ले उचाल्यो

क्षीरेश्वरनाथ अन्तर वडा फुटबलको उपाधि वडा नंं ५ ले उचाल्यो
जनकपुरधाम, मंसिर २२ गते । 
धनुषाको क्षीरेश्वरनाथ नगरपालिमा सम्पन्न प्रथम अन्तर वडा कप नक आउट फुटबलको उपाधि वडा नम्बर ५ ले जितेको छ । क्षीरेश्वरनाथ स्पोर्टस क्लब महेन्द्र नगरको आयोजनामा भएको खेलमा वडा नम्बर ५ ले वडा नम्बर ३ लाई शुन्यका बिरुद्ध ४ गोल गरी उपाधि जितेको हो । 
 
 
विजेता वडा नं. ५ लाई प्रमुख अतिथि क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पंजियारले नगद १० हजार पुरस्कारसंग शिल्ड तथा प्रमाण पत्र प्रदान गरे । उप विजेता वडा नं. ३ ले नगद ५ हजार, शिल्ड तथा प्रमाण पत्र प्राप्त गरे ।
 
वडा नम्बर ५ को तर्फबाट जर्सी नं. ७ का कृष्णा यादव ४ गोल गरी  खेलभरी सवार्नधिक ११ गोल गरेका यादवलाई  जिल्ला फुटबल संघ धनुषाका अध्यक्ष सुरेश शर्माले पुरस्कृत गरे । 
 
 
प्रतियोगिताको वेष्ट प्लेयर वडा नं. ५ का बिरेन्द्र यादव र वेष्ट ढिफेन्डर वडा नं. ३ का अब्दुल बारीक हक चुनिएको आयोजक क्षीरेश्वरनाथ स्पोर्टस क्लबका अध्यक्ष रामेकवाल मुखियाले बताए । 
 


यसमा तपाईको मत