• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा भाजपालाई झड्का मिजोरममा कांग्रेसको सत्ता ढल्ने,

मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा भाजपालाई झड्का मिजोरममा कांग्रेसको सत्ता ढल्ने,
 
मंसिर २५गत्ते,काठमाडौं । आम चुनावको पूर्वसन्ध्यामा भएको विधानसभा चुनावले भारतीय जनता पार्टी (भाजपा)लाई झड्का लागेको छ ।
 
 
पाँच राज्यमा विधानसभा चुनाव भएको थियो, जसमध्ये राजस्थान, मध्यप्रदेश र छत्तीसगढको मतगणनामा कांग्रेस अगाडि देखिएको छ भने तेलंगना र मिजोरममा क्षेत्रीय पार्टीले अग्रता लिएको छ ।
 
 
सुरुमा मध्यप्रदेशको चर्चा गरौं । यहाँ कांग्रेस र भाजपाको कडा प्रतिस्पर्धा देखिएको छ । तर, गुमाउनेमा भाजपा नै पर्नेछ ।
 
 
२३० सिटको विधानसभा भएको यहाँ कांग्रेसले १०९ सिटमा अग्रता लिएको छ भने भाजपा १०६ सिटमा अगाडि छ । यो अग्रता कायम रहृयो भने कांग्रेसलाई ठूलो सफलता हुनेछ ।
 
 
२०१३ को चुनावमा कांग्रेस मात्र ५८ सिटमा विजयी भएको थियो । १६५ सिट जितेको भाजपाले सरकार चलाएको थियो ।
राजस्थानमा पनि कांग्रेस अगाडि छ । २०० सिट मध्ये ९५ सिटमा कांग्रेसले अग्रता लिएको छ भने भाजपा ७६ सिटमा अगाडि छ । यहाँ पनि यो अग्रता कायम रहृयो भने कांग्रेसलाई ठूलो सफलता हुनेछ ।
 
 
किनकी २०१३ मा कांग्रेस मात्र २१ सिटमा थियो । भारतीय जनता पार्टीले १६३ सिट जितेर सरकार चलाएको थियो ।
छत्तीसगढमा पनि कांग्रेस अगाडि छ । विधानसभाको ९० सिट मध्ये ५० सिटमा कांग्रेसले अग्रता लिएको छ ।
 
 
भाजपा मात्र २२ सिटमा अगाडि छ । यहाँ २०१३ मा भाजपाले ४९ सिट जितेको थियो भने कांग्रेस ३९ सिटमा थियो ।
तेलंगनामा सत्तारुढ पार्टी टीआरएसको ठूलो अग्रता छ । २००१ मा गठन भएको क्षेत्रीय पार्टी टीआरएसले ८१ सिटमा अग्रता लिएको छ भने कांग्रेस १९ र भाजपा मात्र एक सिटमा अगाडि छ ।
 
 
२०१४ को चुनावमा टीआरएसले ६३ सिट जितेको थियो भने कांग्रेसले ३७ र भाजपाले ५ सिट जितेको थियो । यहाँ भने कांग्रेसले अघिल्लो पटकको तुलनामा यो पटक थप सिट गुमाउने देखिएको छ । यहाँ ११९ सदस्यीय विधानसभा छ ।
मिजोरममा कांग्रेसले सरकार गुमाउने भएको छ । अब त्यहाँ क्षेत्रीय पार्टी एमएनएफले सरकार बनाउने देखिएको छ । विधानसभामको ४० सिट मध्ये एमएनएफले २८ सिटमा अग्रता लिएको छ ।
 
 
२०१३ को चुनावमा उसले मात्र ५ सिट जितेको थियो । त्यसबेला ३४ सिट जितेको कांग्रेस अहिले मात्र ७ सिटमा अगाडि छ  । विजेपी एक सिटमा अगाडि छ । अघिल्लो चुनाव उसले जितेको थिएन ।
 
 
 


यसमा तपाईको मत