• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

भारतको अरुणाञ्चलमा पहिरोबाट १० जनाको ज्यान गयो

भारतको अरुणाञ्चलमा पहिरोबाट १० जनाको ज्यान गयो

असार १८ – भारतको पूर्वोत्तर राज्य अरुणाञ्चलमा पहिरोमा परि १० जनाको ज्यान गएको छ । अरुणाञ्चलको कामेंग जिल्लामा पहिरोका कारण ६ वटा भवन भत्किँदा कम्तिमा १० जनाको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान जानेमा दुई बालिकासहित पाँच महिला छन् । यस्तै तीन जना घाइते भएका छन् । उद्धार तथा राहतको काम भइरहेको प्रहरीले जनाएको छ । अरुणाञ्चलमा गएको केही दिनदेखि लगातार पानी परेको थियो । लगातारको वर्षाका कारण जमिन धसिँदा पहिरो गएको हो ।

– एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस

 



यसमा तपाईको मत