• :
  • :
    • On Air
    • Hindi songs
    • Up Next
    • Mithilanchal News

समाचार

मोहमद सलाहले जिते उत्कृष्ट अफ्रिकी खेलाडी अवार्ड

मोहमद सलाहले जिते उत्कृष्ट अफ्रिकी खेलाडी अवार्ड
 
मंसिर २९ गत्ते ,काठमाडौं ।
बीबीसी अफ्रिकन बर्ष फुटबलरको अवार्ड इजिप्टमा मोहमद सलाहले जितेका छन् । बेलायती समाचार संस्था बीबीसीले हरेक बर्ष प्रदान गर्ने यस अवार्ड सलाहले लगातार दोस्रो पटक जितेका हुन् ।
 
 
लिभरपुलका स्ट्रईकर सलाहले सन् २०१८ को उत्कृष्ट अफ्रिकन बर्ष फुटबलर बन्ने क्रममा सेनेगल एवं लिभरपुलकै साडियो माने, मोरक्को एवं युभेन्ट्सका मेधी बेनेटीया, सेनेगल एवं मोनाकोका कालिडोउ कोलीवाली र घाना एवं एट्लेटिको म्याड्रिडका थोमस पार्टीलाई पछि पारेका थिए ।
 
 
सलाहले अवार्डका लागि मनोनयनका परेका खेलाडीले भन्दा बढी मत पाएका थिए । युरोपमा ब्यवसायिक फुटबल खेल्ने अफ्रिकाका खेलाडीलाई प्रदान गरिने यस अवार्डका लागि बीबीसीले सर्मथकको भोटलाई आधार मन्ने गरेकको छ ।
 
 
२६ बर्षीय सलाहको उत्कृष्ट प्रदर्शनमा लिभरपुल अघिल्लो सिजन च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । अघिल्लो सिजन सलाहले लिभरपुलमा खेलेका ५२ खेलमा ४४ गोल गरेका थिए । बीबीसीले सन् २००१ देखि बर्षेनी यो अवार्ड प्रदान गर्दै आएको छ ।
 
 
 


यसमा तपाईको मत