• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

उडिरहेको जहाजभित्र यौन हमला गरेको आरोपमा एक भारतीयलाई ९ वर्षको जेल सजाय

उडिरहेको जहाजभित्र यौन हमला गरेको आरोपमा एक भारतीयलाई ९ वर्षको जेल सजाय
 
मंसिर २९ गत्ते ।
अमेरिकाको अदालतले जहाजभित्र आफू नजिकै बसेकी महिलामाथि यौनहिंसा गरेको आरोपमा एक भारतीय इन्जिनियरलाई ९ वर्षको जेल सजाय सुनाएको छ ।
 
 
गएको जनावरीमा ३४ वर्षीय प्रभु राममूर्ती जहाजभित्र आफ्नी श्रीमती र पीडितको बीचमा बसेका थिए । पीडितका महिला निदाइरहेकी थिइन् ।
 
 
महिलाले दिएको बयान अनुसार जब उनी निन्द्राबाट ब्यूझिइन् उनको शर्टको टाँक खोलिएको थियो  र राममूर्तीको हात उनको पाइन्टमा थियो । अमेरिकी अदालतले सजाय पूरा भएपछि राममूर्तीलाई भारत फिर्ता पठाउने बताएको छ ।
राममूर्तीले भने आरोपलाई अस्विकार गर्दै आफू त्यतिबेला निदाइरहेको बताएका थिए ।
 
 
 


यसमा तपाईको मत