• :
  • :
    • On Air
    • Hindi songs
    • Up Next
    • Mithilanchal News

समाचार

भारतीय कप्तान कोहलीको ६३औं अन्तर्रा्ष्ट्रिय शतक, बनाए पाँच रेकर्ड

भारतीय कप्तान कोहलीको ६३औं अन्तर्रा्ष्ट्रिय शतक, बनाए पाँच रेकर्ड
 
पुष ०१ गत्ते । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ६३ औं अन्तर्रा्ष्ट्रिय शतक प्रहार गरेका छन्।
 
 
पर्थमा भइरहेको अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा कोहलीले १ सय २३ रन जोडेका हुन्। कोहलीको यो टेस्ट क्रिकेटमा २५ औं शतक हो। कोहलीले एकदिवसीय अन्तर्रा्ष्ट्रिय खेलमा ३८ शतक प्रहार गरिसकेका छन्।
 
 
पर्थमा जीवनको ६३औं तथा टेस्टको २५औं शतक बनाउने क्रममा कोहलीले २ सय १४ बल खेलेर ११ चौका प्रहार गरेका थिए। उनी २  सय २७ बलमा १३ चौका र १ छक्का प्रहार गरेर १ सय २३ रन बनाएर खेलिरहेको अवस्थामा पाट कमिङको बलमा ह्यान्डकमबाट क्याच भएका थिए। कोहलीले शतक प्रहार गरेपनि पहिलो इनिङमा भारत २ सय ८३ रनमा आउट हुँदा ४३ रनले पछि पर्यो।
 
 
शतक बनाएसँगै कोहली सर डन ब्राडम्यापछि टेस्टमा छिटो २५ शतक प्रहार गर्ने खेलाडी बने। ब्राडम्यानले ६८ इनिङमा २५ शतक बनाएका थिए। कोहलीले १ सय २७ इनिङमा बनाए। सचीन तेन्दुल्करले १ सय ३० र सुनील गावस्करले १ सय ३८ इनिङमा २५ शतक बनाएका थिए।
 
 
कोहली टेस्टमा २५ शतक पूरा गर्ने विश्वको २१औं ब्याट्सम्यान बने। भारतका लागि २५ शतक पूरा गर्ने उनी चौथो खेलाडी बने।
 
 
कोहलीले अस्ट्रेलियामा १९ इनिङमा छैटौं टेस्ट शतक बनाएका छन्। कोहली भन्दा अघि ज्याक हब्स (९ शतक) र वलि हामोन्ड (७ शतक) अघि छन्।
 
 
कोहलीले अस्ट्रेलिया, दक्षिण अफ्रिका र इंग्ल्यान्ड गरी १० शतक बनाएका छन्। उनले ४९ इनिङ खेल्दै तीन देशमा १० शतक बनाएका हुन्। कोलही भन्दा अघि एसियन ब्याट्सम्यानमा सचिन छन्। सचिनले तीन देशमा १५ शतक बनाएका थिए। २०११ को डिसेम्बरपछि भारतका अरु ब्याट्सम्यानले एसिया बाहिर कुल १० शतक बनाउन सकेका छन्।
 
 
कोहलीले कप्तानको रुपमा ३४औं शतक प्रहार गरे। कोहलीले कप्तान हुँदा टेस्टमा १८ र एकदिवसीयमा १६ शतक हिर्काइसकेका छन्। उनले दक्षिण अफ्रिकाका ग्रिम स्मिथ (३३ शतक) को रेकर्ड  पछि पारे। अब कोहली भन्दा अघि अस्ट्रेलियाका रिकी पोन्टिङ छन्। पोन्टिङले कप्तानको रुपमा ४१ शतक बनाएका थिए।
 
 
 


यसमा तपाईको मत