• :
  • :
    • On Air
    • Hindi songs
    • Up Next
    • Mithilanchal News

समाचार

फ्रान्समा पहेंलो ज्याकेट आन्दोलन जारी

 फ्रान्समा पहेंलो ज्याकेट आन्दोलन जारी
 
१ पुस,काठमाडौं । पहेंलो ज्याकेट विरोधकर्ताहरू शनिवार पनि पेरिस र फ्रान्सका अन्य शहरमा भेला भएका छन् । 
लगातार पाचौं सप्ताहान्तमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । मंगलवार स्ट्रासबूर्गको क्रिसमस बजारमा भएको आक्रमणपछि सरकारले विरोध रोक्न आह्वान गरेको भएपनि विरोधकर्ताहरूले टेरेनन् । 
 
 
तर पहिलेपहिलेको भन्दा कम मानिस प्रदर्शनमा आए । अधिकारीहरूले जम्मा ६६ हजार मानिसले प्रदर्शनमा भाग लिएको बताए । अघिल्लो शनिवार एक लाख २५ हजार मानिस भेला भएका थिए । 
 
 
 
इन्धनको करमा भएको वृद्धिको विरोधमा शुरू भएको आन्दोलनमा अहिले शिक्षामा सुधार लगायतका अन्य माग पनि थपिएका छन् । 
 
 
पहेंलो ज्याकेट आन्दोलनमा अहिलेसम्म सातजनाको मृत्यु भइसकेको छ । शुक्रवार भएको एक बन्दमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 
 
 
पेरिसमा दुई हजारभन्दा बढी मानिस चिसो र पानी परेको दिनमा भेला भएका थिए । 
प्रहरीले पेरिसमा १६८ मानिसलाई रोकेर प्रश्न गरेको थियो । तीमध्ये ११५ लाई हिरासतमा पनि लिएको हो । 
दिनभरिमा अनेकौंपटक शम्स एलीसीजमा झगडा भएका थिए । प्रहरीले अश्रूग्यास र पानीको फोहरा प्रयोग गरेको थियो । तर रात परेपछि यहाँको यातायाता खोलाइएको थियो ।
 
 
 


यसमा तपाईको मत