• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

फुटबल प्रशिक्षक प्रशिक्षण सुरु

फुटबल प्रशिक्षक प्रशिक्षण सुरु
 
जनकपुरधाम, पुष १ गते । 
प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किसोर साहले मुलुक विकासकालागि खेलकुदको विकास आवश्यक रहेको बताएका छन् । खेलकुदमा अवसर र प्रयाप्त सम्भावन छ, मन्त्री साहले भने,‘केहि पाउन केहि गुमाउनु पर्छ । खेलाडीले खेलकुदमा अगाडी बढन कडा मेहनतको खाचो छ । मेहनत र तपस्या गरे सहजै खेलाडीको पहिचान बन्ने छ ।’ 
व्यवसायि खेलाडीकालागि आर्थिक र समाजिकरुपले समेत अवसर रहेको बताउदै मन्त्री साहले २१ औं शताब्दीमा फुटबल खेलको सबै भन्दा बढी महत्व रहेको बताए । आइतबार अखिल नेपाल फुटबल संध धनुषाले क्षिरेश्वरनाथ नगरपालिकामा आयोजना गरेको एन्फा लाईसेन्स कोचिङ्ग कोर्स २०७५ को उदघाटन गर्दै मन्त्री साहल विश्वमा देशको नाम उजागर गर्ने माध्यम खेल मात्रै रहेको बताए । 
क्षिरेश्वरनाथ नगरपालिकाको मैदानमा पुस ५ गतेसम्म चल्ने प्रशिक्षणमा प्रदेश २ का प्रत्येक जिल्लाबाट चारजना गरी ३२ जना प्रशिक्षक तयार हुने जिल्ला फुटबल संघ धनुषाका अध्यक्ष सुरेश शर्माले बताए । प्रशिक्षक तयार गर्न जपानबाट आएका टेक्निकल डाइरेक्टर चाईकी ताकिदा र गोल किपर प्रशिक्षक मित्सुमारो तासिहिरोले ५ दिन सम्म प्रशिक्षण दिने शर्माले बताए । 
 


यसमा तपाईको मत