• :
  • :
    • On Air
    • Hindi songs
    • Up Next
    • Mithilanchal News

समाचार

मुम्बईको अस्पतालमा आगलागी, ६ जनाको मृत्यु

मुम्बईको अस्पतालमा आगलागी, ६ जनाको मृत्यु


पुष ०३ गत्ते,काठमाडौं । भारतको मुम्बईस्थित एक अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी घाइते भएका छन् । १४७ जनालाई भने उद्धार गरिएको छ ।

 


उद्धारकार्य जारी रहेको बेला एक जनाको सिँढीमा लडेर र अन्य पाँच जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अस्पतालमा फसकेकाहरुलाई र्भयाङ राखेर उद्धार गरिएको थियो ।
सोमबार साँझ मुम्बईको अँधेरीस्थित ईएसआईसी अस्पतालमा आगलागी भएको हो । घाइते र मृतकमध्ये धेरैजसो विरामी र अस्पतालका कर्मचारीहरु छन् ।

 


आगलागीको कारण खुलेको छैन । तर, विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । स्वास्थ्यमन्त्री दीपक सावन्तले घटनाबारे अनुसन्धान जारी रहेको बताएका छन् ।

 


आगो नियन्त्रणमा लिन कम्तिमा १० दमकलm १५ वटा पानी ट्यांकर, अन्य विशेष उपकरण र अग्नि नियन्त्रकहरु खटिएका थिए ।

 


 



यसमा तपाईको मत