• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

पुसको अन्तिम साता महिला भलिबल प्रतियोगिता

पुसको अन्तिम साता महिला भलिबल प्रतियोगिता
 
पुष ५ गत्ते ।
न्यू डाइमन्ड भलिबल एकेडेमीको आयोजनामा पुसको अन्तिम साता महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
गएको वर्षबाट महिला भलिबलको आयोजना गर्न लागेको न्यू डाइमन्डले यसपटक पुष २५ देखि २८ गतेसम्म राष्ट्रिय महिला भलिबल प्रतियोगिता गर्ने जनाएको छ । प्रतियोगिता नयाँ बसपार्कमा रहेको ढोरपाटन क्लवको खेल मैदानमा हुनेछ ।
 
 
प्रतियोगितामा ६ देखि ८ टिमको सहभागिता हुने अनुमान आयोजकले जनाएका छन । जसमा काठमाडौं बाहिर टिमका लागि खान बस्न आयोजकले ब्यहोर्ने छ । प्रतियोगिताको विजेताले तीन लाख एक हजार, उपविजेताले २ लाख एक हजार र तेस्रो हुनेले एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन । यस्तै चौथो हुने टिमले ५१ हजार रुपैया हात पार्नेछन ।
 
 
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार र विधागत रुपमा उत्कृष्ट खेलाडीले जनही ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगिताको कुल बजेट २३ लाख रुपैयाँ रहेको छ ।
 
 
 


यसमा तपाईको मत