• :
  • :
    • On Air
    • Hindi songs
    • Up Next
    • Mithilanchal News

समाचार

प्रदेश नं २ को हरेक जिल्लामा खेलकुद प्रवद्घनका लागी कबड हल बनाउने– आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादब

प्रदेश नं २ को हरेक जिल्लामा खेलकुद प्रवद्घनका लागी कबड हल बनाउने– आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादब
 
विजय झा,पौष ५ गते
आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादबले प्रदेश नं २ को हरेक जिल्लामा खेलकुद प्रवद्घनका लागी कबड हल बनाउने बताएका छन ।
स्वास्थय रहनका लागी प्रदेश सरकार हरेक जिल्लामा कबड हल वनाउने मन्त्री यादबले बताए”, मन्त्री यादबल भने खेलकुदवाटै म मन्त्री भए र खेलकुदमा लागेका खेलाडीका लागी प्रदेश सरकारवाट पुर्ण सहयोग मिल्ने बताए ।धनुषाको महेन्द्रनगरमा एनफाको आयोनामा सम्पन्न ५ दिने एनफा लाइसेन्स कोचिङ कोर्ष २०७५ विहीबार समापन गर्दै खेलकुदको विकाशले मात्र स्वास्थय समाजको परिकल्पना गर्न सक्ने बताए ”
धनुषाको महेन्द्रनगरमा सम्पन्न ५ दिने तालिममा प्रदेशको अाँठवटेै जिल्लावाट ३२ जनालाई जपानको जाइका संस्था बाट आएका प्रशिक्षक चाइकी चाकिदा र मित्सुमारो तोसीहिरोले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा सहभागि भएका खेलाडीहरुलाई मन्त्री यादबले प्रमाण पत्र वितरण गरेका थिए ।यस ५ दिन भित्र प्रशिक्षण लिएका खेलाडीहरु प्रदेश नं २ को े अाँठवटेै जिल्लामा गएर प्रशिक्षण दिने फुटबल संध धनुषका अध्यक्ष शुरेस शर्मा ले बताए ।
 


यसमा तपाईको मत