• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

मेक्सिकोः विमान दुर्घटनामा गभर्नर र उनका श्रीमानको मृत्यु, ११ दिनअघि मात्रै पद सम्हालेकी थिइन्

मेक्सिकोः विमान दुर्घटनामा गभर्नर र उनका श्रीमानको मृत्यु, ११ दिनअघि मात्रै पद सम्हालेकी थिइन्
 
पुस १० गत्ते । 
मेक्सिकोको पुएब्ला प्रान्तकी गभर्नर मार्था एरिका एलोन्सोको एक विमान दुर्घटनामा मृत्यु भएको छ ।
उक्त विमान दुर्घटनामा उनका श्रीमान् सिनेटर राफेल मोरेनो वालेको पनि मृत्यु भएको छ ।
मार्थाले केही दिन अघि मात्रै गभर्नरको रुपमा कार्यभार सम्हालेकी थिइन् ।
 
 
मेक्सिकाबाट प्राप्त रिपोर्ट अनुसार मार्था र उनका श्रीमान जुन विमानमा सवार थिए, त्यसले पुएब्ला शहरबाट उडान भरेको थियो र केही बेरमै दुर्घटना भएको थियो ।
 
 
४५ वर्षकी मार्था पुएब्लाकी पहिलो महिला गभर्नर थिइन् । उनी मध्यमार्गी प्यान पार्टीकी सदस्य थिइन् ।
मेक्सिकोका राष्ट्रपति आन्द्रेस मेनुएल लोपेज ओब्राडोरले मृत्युको पुष्टि गरेका छन् ।
एक ट्वीटमा ओबराडोरले दुबै राजनेताको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
उनका अनुसार दुर्घटनाको कारण पत्ता लगाउनका लागि एक विस्तृत अनुसन्धान गरिनेछ ।
मार्थाले डिसेम्बर १४ तारिखमा मात्र कार्यभार सम्हालेकी थिइन् ।
 
 
मेक्सिकोको दोस्रो सबैभन्दा ठूलो शहर पुएब्ला नजिकै भएको यो दुर्घटनामा विमानका पाइलटको मृत्यु भए नभएको भने स्पष्ट छैन ।
 
 
मेक्सिकोमा हालैको वर्षमा थुप्रै ठूला व्यक्ति हवाई दुर्घटनामा मारिएका छन् । सन् २०११ मा भएको एक हेलिकोप्टर दुर्घटनामा आन्तरिक मामलाका मन्त्री फ्रान्सिस्को ब्लेक मारिएका थिए ।
 
 
यसै वर्ष एक मन्त्रीको हेलिकोप्टर भीडमा खस्दा १३ को मृत्यु भएको थियो । यद्यपी, उक्त दुर्घटनामा मन्त्री भने बाँच्न सफल भएका थिए ।
 
 
 


यसमा तपाईको मत