• :
  • :
    • On Air
    • Hindi songs
    • Up Next
    • Mithilanchal News

समाचार

अफगानिस्तानःमन्त्रालयको गेट नजिकै आत्मघाती बम विस्फोट, कम्तीमा ४३ जनाको मृत्यु

अफगानिस्तानःमन्त्रालयको गेट नजिकै आत्मघाती बम विस्फोट, कम्तीमा ४३ जनाको मृत्यु
 
पुस १० गत्ते , काबुल ।
 अफगानिस्तानको काबुलस्थित एक मन्त्रालयको गेट नजिकै आत्मघाती बम विस्फोट गराइएको छ। घटनामा कम्तीमा ४३ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्।
 
 
अफगान सरकारी अधिकारीका अनुसार मारिनेमा केही प्रहरीहरु समेत छन्। हमलापछि गरिएको जवाफी कारबाहीमा ३ जना आतंककारीसमेत मारिएको प्रहरीले दाबी गरेको छ।
 
 
‘पब्लिक ओर्क्स’ मन्त्रालयको भवनको गेट नजिकै कार बम विस्फोट गराइएको हो। विस्फोट लगत्तै आक्रमणकारीहरु भवनभित्र प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए।
 
 
विस्फोटका दौरानमा भवनमा सयौं कर्मचारीले काम गरिरहेका थिए। आक्रमणबाट बच्नका लागि केही कर्मचारी भवनको माथिल्लो तलाबाटै हाम फालेका थिए।
 
 
गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले भवनमा फसेका ३ सर ५० कर्मचारीलाई सकुशल बाहिर निकालिएको छ। उनका अनुसार मृतक र घाइतेको संख्या बढ्नसक्ने छ।
 
 
हालसम्म घटनाको बारेमा कसैले पनि जिम्मेवारी लिएको छैन।
अमेरिकाले अफगानिस्तानबाट ठूलो संख्यामा सैनिक फिर्ता गर्ने बताएको केही दिनपछि नै उक्त हमला भएको हो।
 
 
 


यसमा तपाईको मत