• :
  • :
    • On Air
    • Hindi songs
    • Up Next
    • Mithilanchal News

समाचार

चीनमा अपहरणमा परेको बसले ठक्कर दिँदा ५ पैदलयात्रीको मृत्यु, २१ घाइते

चीनमा अपहरणमा परेको बसले ठक्कर दिँदा ५ पैदलयात्रीको मृत्यु, २१ घाइते
 
पुस ११ गत्ते ,  बेइजिङ । 
चीनको पूर्वी क्षेत्र फुजियान प्रान्तमा मङ्गलबार अपहरणमा परेको बसले ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ। घटनामा २१ जना घाइते भएका छन्।
 
 
चक्कूधारी व्यक्तिले चालकलाई चक्कु देखाई बसलाई अपहरण गरेर लाने क्रममा स्थानीय समयअनुसार दिउँसो ३ बजेर २० मिनेटमा बस पैदलयात्रीसँग ठोक्किएको चिनियाँ राज्य सञ्चालित समाचार संस्था सिजिटिएनले प्रहरीलाई उद्धृत गरी जनाएको छ।
 
 
अपहरणकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको बताइएको छ। मृतकमध्ये एक प्रहरी अधिकारी रहेका छन्।
 
 
अमेरिकाबाट सञ्चालित चिनियाँ अनलाइन दुववे न्यूजले दुर्घटनाग्रस्त बसको नजिकै सडकमा ढलेको अवस्थामा केही व्यक्तिहरूको तस्बिर देखाएको छ। तस्बिरमा प्रहरी एक जना व्यक्तिसँग सडकमा लडिरहेको पनि देखाइएको छ।
घटनाबारे एएफपीले ‘लङग्यान पब्लिक सेकुरिटी ब्युरो’लाई प्रतिक्रियाका लागि अनुरोध गरेपनि घटनाबारे अनुसन्धान भइरहेकोले केही भन्न नमिल्ने जनाएको लेखेको छ।
 
 
चीनमा यो वर्ष यस खालका धेरै घटना भएका छन्। नोभेक्बरको अन्त्यमा लियाओनिङ प्रान्तको उत्तरपूर्वमा एउटा प्राथमिक विद्यालयका विद्यार्थीहरूले सडक पार गरिरहेका समय एउटा कार उनीहरूलाई धकेल्दै अघि बढेपछि कम्तिमा ५ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए।
 
 
सोही महिना दक्षिणपश्चिमी शहर कोङक्विन नगरपालिकामा रहेको एक पुलबाट नहरमा खस्दा कम्तिमा १५ जनाको मृत्यु भएको थियो। राससरएएफपी
 
 

 



यसमा तपाईको मत