• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

आसाममा ‘रोड–रेल ब्रिज’, भारत भन्छ–चिनियाँ सीमामा सुरक्षाको प्रत्याभूतिका लागि आधार

आसाममा ‘रोड–रेल ब्रिज’, भारत भन्छ–चिनियाँ सीमामा सुरक्षाको प्रत्याभूतिका लागि आधार
 
पुस ११ गत्ते ,  बोगिविल ।
 भारतले मङ्गलबार उत्तरपूर्वी राज्य आसाममा रहेको सबैभन्दा लामो ‘रेल–रोड ब्रिज’ को उद्घाटन गरेको छ। 
पुलको सञ्चालनले भारतको चीनसँगको संवेदनशील मानिएको सीमानामा सुरक्षालाई प्रत्याभूत गर्न नयाँ बाटो खुलेको भारतीय अधिकारीले जनाएका छन्।
 
 
प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रम्हपुत्र नदीमा बनाइएको ४ दशमलब ९ किलोमिटर लामो बोगिविल पुलको एक भव्य समारोहका बीच उद्घाटन गरे। पुल निर्माण गर्न करिब दुई दशक लागेको र निर्माणका लागि खर्च ८० करोड अमेरिकी डलर खर्च भएको भारतीय अधिकारीले बताएका छन्।
 
 
दिब्रुगढ शहर नजिकै बनाइएको उक्त पुलका कारण चीनसँग नाका रहेको अरुणाञ्चल प्रदेशमा सुरक्षाका लागि सैन्य गतिविधिलाई पुर्याउन सहज हुनेछ।
 
 
भारतले चीनसँग सन् १९६२ को युद्धमा सैनालाई सहजरुपमा तैनाथ गर्न नसक्दा अरूणाञ्चल प्रदेशको केही भूमि गुमाएको बुझाई भारतीय पक्षको रहेको छ।
 
 
पुलले ६० टन बराबरको वजन धान्नसक्ने दाबी गरिएको छ। जसका कारण युद्धका लागि आवश्यक लडाकू जेटलाई पुलमा नै अवतरण गर्न सकिनेछ।
 
 
भारतले रणनीतिक सुरक्षाका लागि महत्व राख्ने ९ दशमलब १ किलोमिटर लामो अर्को एउटा पुलको पनि सन् २०१७ मा निर्माण सम्पन्न गरेको थियो। राससरएएफपी
 
 
 


यसमा तपाईको मत