• :
  • :
    • On Air
    • Hindi songs
    • Up Next
    • Mithilanchal News

समाचार

बिग ब्याश लिगःसन्दीपले सिड्नीको दुई विकेट लिए

बिग ब्याश लिगःसन्दीपले सिड्नीको दुई विकेट लिए
 
पुस १२ गत्ते ।
बिग ब्याश लिगमा आज भइरहेको सिड्नी सिक्सर्स्विरुद्धको खेलमा सन्दीप लामिछानेले दुई विकेट  लिएका छन् ।
आफ्नो चार ओभरको स्पेलमा उनले १८ रन खर्च गरेर  दुई विकेट लिएका हुन् ।  
 
 
मेलबर्नले पहिले बलिङ गर्ने निर्णय गरेको खेलमा सन्दिपले पहिलो ओभरमा मात्र ६ रन दिए । तर व्यक्तिगत दोस्रो ओभरको दोस्रो बलमा नै उनले विकेट लिए ।
 
 
उनले हेनरिक्सलाई ९ रनमा आउट गरे भने दोस्रो ओभरमा मात्र २ रन दिए ।
व्यक्तिगत तेस्रो ओभरमा सन्दीपले अर्को विकेट लिन सफल भए । उनले टम कर्रनलाई मात्र २ रनमा एलबीडब्लु आउट गरे भने आफ्नो अन्तिम ओभरमा नौ रन दिए ।
 
 
यतिबेला सिड्नी सिक्सर्सको पारी समाप्त भएको छ भने उसले २० ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै १३० रन बनाएको छ । 
 
 
मेलबर्नले १३१ रनको लक्ष्य भेट्न जवाफी ब्याटिङ सुरु गरिसकेको छ 
 


यसमा तपाईको मत