• :
  • :
    • On Air
    • Hindi songs
    • Up Next
    • Mithilanchal News

समाचार

क्रिकेट प्रतियोगितामा सहभागी हुन प्रदेश २ का खेलाडीहरु सुनसरी प्रस्थान

क्रिकेट प्रतियोगितामा सहभागी हुन प्रदेश २ का खेलाडीहरु सुनसरी प्रस्थान

जनकपुरधाम, पुष २० गते ।
सुनसरीको इनरुवामा शनिवारदेखि आयोजना हुने प्रथम मनमोहन स्मृति राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा सहभागी हुने प्रदेश २ का खेलाडीहरु खेलकालागि प्रस्थान गरेका छन् । मेहबुब आलमको कप्तानीमा १६ सदस्यीय टोली शुक्रवार इनर्वाका लागि प्रस्थान गरेका हुन् । टोलीमा प्रस्थान गरेका खेलाडीहरु प्रदेश २ का आठवटै जिल्लाबाट चुनिएका छन ।


प्रदेशको टोलीमा कप्तान मेहबुब आलम (सप्तरी), सन्जम रेग्मी (बारा), हासिम अन्सारी (पर्सा), सुरज पटेल (पर्सा), रासिद खान (पर्सा), सुरज कुर्मी (पर्सा), हरिशंकर साह (धनुषा), दिव्यान्शु मल्लिक (धनुषा), विशाल सुश्लिंग (धनुषा), राहुलप्रताप सिंह (महोत्तरी), विवेक यादव (सप्तरी), आँशु कदोई (रौतहट), सुनिल मिश्र (रौतहट) र संसाद सेख (सर्लाही) रहेका छन् । प्रतियोगितामा सहभागी हुने क्रिकेट टोलीलाई प्रदेश २ का सामाजिक विकासमन्त्री नबलकिशोर साहले सम्मान गर्दै बिदाइ गरेका हुन् ।


२१ गतेदेखि सुरु हुने प्रतियोगितामा आयोजक इनरुवा टिम, सात प्रदेश, तीन विभागीय टोली र भारत विहारको सुपौल टिम गरी जम्मा १२ ओटा टिम सहभागी हुनेछ । प्रदेश २ ले आफ्नो पहिलो खेल नेपाल पुलिस क्लबसँग २१ गते खेल्नेछ । त्यस्तै दोस्रो खेल टिम इनरुवासँग २३ गते खेल्नेछ ।


शुक्रवार मन्त्री साहको निवासमा आयोजना गरिएको बिदाइ कार्यक्रममा सर्लाहीका प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साह, राजपाका केन्द्रीय सदस्य राजु चौधरी, सञ्जय चौधरी, युवा नेता रोशन सिंह, रुपेश सिंह, जनकपुरका राजपाका जिल्ला स्तरीय नेता सञ्जय सिंह लगायतका उपस्थिति थियो । मन्त्री साहले क्रिकेट टोलीका सबै सदस्यलाई फूल माला लगाएर टिका लगाएर खादा ओढाएका थिए । मन्त्री साहले टोलीलाई शुभकामना व्यक्त गर्दै उपाधि जितेर आउन कामना गरेका थिए ।



 



यसमा तपाईको मत