• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

योगीको सम्मानमा प्रदेश सरकारको ७३ लाख खर्च

योगीको सम्मानमा प्रदेश सरकारको ७३ लाख खर्च
पौष २१ गत्ते,जनकपुरधाम ।
 
प्रदेश २ को सरकारले रामजानकी विवाह महोत्सवमा जन्तीको स्वागतमा भएको खर्च सार्वजनिक गरेको छ ।
 
विवाह महोत्सवमा जन्ती आएका भारत उतर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथको लागि आयोजना गरेको भण्डार र सम्मनमा ७३ लाख ८ हजार १ सय ४५ रुपैया खर्चको विवरण सार्वजनिक गरेको छ ।
 
मंसिर २६ गते जनकपुरमा भएको रामजानकी विवाह महोत्सवमा सहभागि भएका उतर प्रदेशका मुख्यमन्त्री योगीको सम्मनमा प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले भण्डारा आयोजना गरेका थिए ।
मुख्यमन्त्री राउतले मधेस भवनमा योगिको सम्मानमा भण्डाराको आयोज गरेका थिए । 
 
जन्तीको नेतृत्व गर्दै रामजानकी बिवाह महोत्सवमा जन्तीको नेतृत्व गरेका योगी जानकी मन्दिरमा पुजा गरी भण्डारामा सहभागि भएका थिए ।
 
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अनुसार पण्डाल निर्माण, भण्डार, सम्मान र अतिथि सत्कारमा भएको खर्च ७३ लाख ८ हजार १ सय ४५ रुपैया मन्त्री परिषदको बैठकबाट स्वीकृत गरेको छ ।
 


यसमा तपाईको मत