• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

महोत्तरीमा आगलागी, ९ लाखको क्षति

महोत्तरीमा आगलागी, ९ लाखको क्षति
महोत्तरी, पुस २१ गते ।
महोत्तरी जिल्लाको चार स्थानमा गए राति भएको छुट्टाछुट्टै आगलागीको घटनामा करिब ९ लाखको क्षति भएको छ ।
 
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको भङ्गाहा नगरपालिका–६ हतिसर्वा बस्ने उमेशप्रसाद यादवले लगाएको दुई बिघा क्षेत्रफलको उखु खेतमा अचानक आगलागी हुँदा ८ लाख मुल्य बराबरको क्षति भएको छ । उखु किसान यादवकाअनुसार कसैले रिसइबीका कारण आगजनी गरिदिएको हो।
 
त्यस्तै जिल्लाको सोनमा गाउँपालिका–३ बस्ने रामबहादुर सहनीको पोखरीको डिलमा रहेको पानी तान्ने मोटर घरमा विद्युत् सर्ट भई आगलागी हुँदा मोटरघर र मोटरसमेत जलेर रु २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
 
त्यसैगरी सोनमा गाउँपालिका–४ बस्ने रामकिशोर साहको दुई परालको कुन्यूमा आगलागी हुँदा  २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
 
त्यस्तै जिल्लाको गौशाला नगरपालिका–२ निगौल बस्ने शेष कलामको घर नजिकै रहेको दुई बिघा खेतको परालमा आगलागी हुँदा करिब ६० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
 


यसमा तपाईको मत