• :
  • :
    • On Air
    • Hindi songs
    • Up Next
    • Mithilanchal News

समाचार

जनकपुरमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

जनकपुरमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
कमलेश ठाकुर
जनकपुरधाम, २१ पुस ।  
चित्रगुप्त सांस्कृतिक केन्द्रले जनकपुरमा तेस्रो सहिद कप अन्तरगत जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता गर्न लागेको छ ।
 
प्रतियोगिता माघ १२ गतेदेखि जनकपुरको चित्र गुप्त सेवा समिति परिसरमा हुने आयोजक संस्थाले शनिबार पत्रकार सम्मेलन गरी जनाएको छ । 
 
प्रतियोगितामा जुनियर डब्बल, सिनियर डब्बल र सिनियर सिङ्गल गरी तीन समुहको प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सिनियर डब्बल तर्फ प्रथम हुने टिमलाई नगद १५ हजार र दोस्रो हुने टिमलाई नगद ७ हजार १ सय रुपैयाँ सहित सिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । 
 
त्यस्तै, सिनियर सिङ्गल तर्फ प्रथमलाई नगद ११ हजार र दोस्रोलाई नगद ५ हजार १ सय रुपैयाँ तथा सिल्ड र प्रमाण पत्र प्रदान गरिने छ भने जुनियर डब्बल तर्फ प्रथम हुने टिमको लागि नगद २ हजार ५ सय र दोस्रो हुनेलाई १ हजार ५ सय रुपैयाँ, सिल्ड र प्रमाणपत्र व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
 
प्रतियोगितामा सबै खेलतर्फ महिला र पुरुषको सहभागिता गराइनेछ । प्रतियोगितमा अहिले सम्म दुई दर्जन खेलाडीले नामाङ्कन गराइसकेको आयोजकले जनाएको छ । 
 


यसमा तपाईको मत